ttrichandra

मायालुले चुमेका ति ओंठ र औंलाहरु
हिजा जस्तो लाग्छ तर सपना पो भईदिएछ,
आँशुले छेकेका ति पाईलाहरु भर्खरै लाग्छ
तर औंला गन्दा कता कता अतित भईदिएछ ।

…..त्यसैले ए मेरा साथी, ए मेरा अतित
मायालुलाई भेटी एक चोटी आईदेउ,
छिट्टै रिसाउने अनि फेरी हाँसी दिने उनको बानी
रुँदै पो छिनकी हाँसी पो रहेकी छन् त्यो खबर ल्याइदेउ ।।

कता हो कता मुग्लान देशमा लाहुरेको विपत्ता
तिम्रो साथ रहँदा जे विराए पनि दिनेथ्यो माफ त,
यहाँ आए पछि काम विराएँ भने माफ छैन अब त
बरु भनेको काम नगरे वापत जागिरै जफत ।।।

…….त्यसैले हे मेरा साथी, हे मेरा अतित
मायालुको देश स्वदेशमा गएर
लाहुरेको व्यथा, सारालाई सुनाई देउ,
वर्षाकी होलीन् आँशुका ढिक्का नपोखाउ भनिदेउ
बरु परदेशीको माया लागि नै रहे नभूली लेखि देऊ ।।।।

-नवरस साप्ताहिक २०४५ असोज १९ गते प्रकाशित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *