Skip to content

तिम्रो दिलको कुनामा


तिम्रो दिलको कुनामा लुक्ने धेरै हुन्छन
पर्खाईमा तिम्रो बाटो ढुक्ने धेरै हुन्छन

चलन पुरानै हो जुनतारा दिन्छु भनी
तिम्रोसामु घुडाँटेकि झुक्ने धेरै हुन्छन

कोमल हुन्छ भन्छन नारीहरूको मन
काम गर्दा विचार गर्नु थुक्ने धेरै हुन्छन

नदिनु वचन र मन भेटिने सबैलाई
अस्तित्व लुटि तिम्रो छुट्ने धेरै हुन्छन

तिम्रो मनको मझेरीमा आश्रय लिई कोही
दुख पर्दा सिसासरि टुट्ने धेरै हुन्छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *