कथाले मागे पछि
आदेश आयो –
खोल दिलको ढोका भनेर
खुरुक हाजिर भएर
पाले जस्तै –
ध्यार तानी दिए ढोका
प्रवेश गर्यो
-एउटा सपना
दिन बितेर महिना भो ?
महिना बितेर बर्ष भो ?
फेरी –
कथाले माग्यो –
फेरिए शैली
सायद
यति बेल्ला सम्ममा सकिएको हुनु पर्छ
फिल्मी सम्बदहरु
फिल्मी शैलीका दृष्य कपिहरु
– डेटिंग रण भुमि जस्तो हुन थाल्यो
– भेट दुस्मनी भेट जस्तो
फेरी-
कथाले मागे पछि
बाटो फरक भो ….
