Skip to content

छोरी सतर्क हुनु


घरमा भात खाएर यसाे पत्रिका पढ्दै बसिरहेकाे बेला एकासी नरनाथजीलाइ रिँगटा लाग्यो । पेट सहनै नसक्ने गरी दुख्याे । साधारण बिराम हाेला भने पहिले ता यसैले उनले सहेरै बसे ताताे पानी खाए। भुँडि सेके । उनले उति सिकिस्त भएकाे जस्तो नै गरेनन् तर अलिक बढी समस्या देखिएपछि भएकी एउटै छोरीलाइ खबर गरियाे । छोरी धाइफल तोडेेर अाइपुगीन् र बुबालाइ अस्पतालतिर लिएर हि‌डिन् ।

डाक्टरी जाँचबूझ सकिएन बेलुकासम्म । कता रगत कता दिसा कता पिसाब कता अल्ट्रा साउन्ड अादि कता रगत सुगर र कता के के गर्दा गर्दै दिन फुत्त बित्याे । बेलुका पख भएकाे जति रिपाेर्ट लिएर छोरी र बाबु फेेरि पुगे डाक्टरकाेमा । डाक्टरले अझै केही चेकप हुन बाँकी नै भएकाेले अस्पतालमै भर्ना हुनु पर्छ एपेन्डिस जस्तो छ । राति नै यसकाे अप्रेसन गर्ने स्थिति अाउन सक्छ भनेर सल्लाह दिए । वास्तवमा नरनाथजीले नचाहेर पनि अस्पतालमा भर्ती हुनै पर्याे ।

बुढा बडाे अनुभव र भुक्तभाेगी थिए यसैले उनले अस्पतालमा भर्ना हुनु अघि छोरीलाइ कानमा भने
“छोरी, पहिले मुटु, किड्रनी, लिबरहरुकाे हामीले जाे जाँच गरायाै‌ ती सबै रिपाेर्ट सुरक्षित सँग राम्रो गरी राख है ।” तर छोरीले पिताकाे कुराकाे गुढ अाशय बुझिनन् ।

“बुबा तपाइँलाइ मुटु किड्नी लिबरहरुकाे समस्यै हाेइन अरे। याे ता एपेन्डिस जस्तो छ भनेर शङ्का गरेकाे छ डाक्टरले । छोरीलाइ सम्झाउँदै उनले अझे भने-“तिमीले पत्रपत्रिका पढेकी छैनौ कि कसो?”

“के कुरा बुबा ?” साेधिन् उनले ।

“अप्रेसन गर्दा किड्नी नै गायब गरिने कुरा तिमीले सुनेकाे छैन कि कसाे ? भाेलि फेरि अप्रेसन गर्नुअघि मेरो एउटा मात्र किड्नी थियाे भन्ने रिपाेर्ट डाक्टरले गर्न सक्छन् । यसैंले यो रिपाेर्ट सब ठिकसँग राखिछाड ।”

“बल्ल बुझे बुबा ।” छोरीले बाबुकाे अाशय बल्ल बुझिन् । बडाे सतर्क भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *