Skip to content

kbs

केही सिल्पीहरू

  • by

(१) माना पाथी
नेताहरू माथि छन
तिनका उडुस माझ्छड साथी छन
यिनकै राज छ गाउ अनि शहरमा

(२) उपहास
तिमी चुहिने गाग्रीमा पानी भर
तिमी बालुवालाई नदी सम्झेर तर
जति गरे नि म तिम्रो हुन सकिन
अब मलाई सधैं उपहास गर

20111114_BinaTamang_News

तामाङ डाजाङको साहित्यिक गोष्ठी १०२ औं शृंखला सम्पन्न

  • by

साहित्यक जगतमा आफ्नो मातृभाषा तथा संस्कृतिको पहिचान एवं सम्बर्धनको निमित्त लामो समयदेखि निरन्तर रुपमा लागिपरेको साहित्यिक संस्था तामाङ डाजाङको नियमित साहित्यिक गोष्ठीको १०२ औं शृंखला नेपाल मानविकी क्याम्पस प्रदर्शनी मार्गमा यही मिति २०६८ साल कार्तिक २६ गतेका दिन सम्पन्न भयो ।

आँखाले आँखा पो हेरेथेँ

  • by

आँखाले आँखा पो हेरेथेँ, मुटु पो दुख्न थालेछ ।
दुखाई भित्र ढुक्ढुकीमा, पिरती फुल्न थालेछ ॥

के माया बस्यो खै ! कुन्नि, सतायो मलाई अति नै
सम्झनामा तड्पिँदै, गाह्रो भो जिउन अति नै ।
आईदेऊ न लौन आजै नै, छाँया बनेर तनसँगै
छाईदेऊ न लौन सधैँ नै, माया बनेर मनसँगै ॥

स्वभाव

  • by

किन मानव दुर्जन भइ यहाँ कुरा अनेकौ गरी
हिड्छौ साँझ, बिहान नगरमा साँढे सरी झै चरी
मान्छे हो हुन त स्वभाव ननिको लिएर आयो यहाँ
भाइ भाइ बीच छ पानी बारबार शान्ति छ खोई कहाँ ।

20111113_DeepsShah_01

जेरुसलेमको अबिस्मरणीय सम्झना

  • by

१८ अक्टोबर २०११

पूर्वतिर छ्याङ्गै आकाश खुलेको छ मानौँ निलो च्यादर अनन्त फैलिएको छ । जस्तो मेरो घर माथिको द्यौरालीबाट देखिन्थ्यो बिशुद्द नेपाली आकाश । अक्टोबर महिनाको आकाश, धर्ती, फूलपात, हावाको बयली, भुल्काभुल्की बादल सबै सबै मलाई असाध्यै मन पर्छ । यही चुल्बुले मौसममा मैले धर्तीमा पाइला टेकेको भएर पनि होला शायद । मन फुर्फुर गर्दैछ चटारोले उतिकै चेपेको छ । केही दिने जेरुसलेम घुम्डुल्को तयारी जो गर्नुथियो । ‘एरुसलायम सेल जहाब'(सुनको जेरुसलेम) भनेर सम्पूर्ण याहूदीहरूले हृदयनत प्रार्थना गर्ने ठाउँ, संसारका तीन ठुला धर्म उत्पत्ति र बिकास भएको अपूर्व पवित्रस्थल जहाँ दुनियाँका हरेक मान्छे जीवनमा एकपटक पुग्ने अभिलाषा राख्छन् ।

उज्यालो नै देख्न नपाई रात हुन लाग्यो रे

  • by

उज्यालो नै देख्न नपाई रात हुन लाग्यो रे
भर थियो तिम्रो कुठारघात हुन लाग्यो रे

कलियुगको राम राज्य यस्तै हुँदो रैछ कि
सुन्छु चोरलाई चौतारीको बात हुन लाग्यो रे

आदर्श

  • by

चौथो दिन अस्पतालमा मेरो । रात क्रमश छिप्पिदों छ । अँधेरीले ग्वाम्ल्याङ्ग प्रकृतिमाथि आफ्नो बर्को ओढाइसकिन । सायद त्यस्तै कालो बर्को भाग्यले मलाई पनि ओढाउँदैछिन् । कोरिडोरमा म एक्लै महशुस गर्दैछु यद्यपि बिरामीका आफन्तहरू यताउता गरिरहेकाछन् । त्यो भीडमा आफूलाई नितान्त एक्लो पाइरहेकोछु । थाहा छैन किन हो मनभित्र बेचैनीले बास गरिरहेको छ । कतिखेर यिनले छोड्लिन भनेर बडो ब्यग्रताका साथ म प्रतिक्षारत छु ।

देवकोटाप्रति अनावश्यक चासो (महाकविको कर्मघर)

घर अगाडिपछाडि ४-४ आना जत्ति चउर, तीन आना जत्तिमा माटोले लगाइको इँटको गारोमा ठडिएको ४ तले घर कर्कट पाताको छानामुनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको कर्मघर ओतिएको । त्यसको झ्यालढोकाहरू देख्दा हाम्रो गाँउको गढीगाउँका बस्नेत मुखियाहरूको घरको झल्को दिने । अनेक चासो उर्लिरहेको मनसँगै त्यो घरमा म पहिलो दफा भित्रिँदै थिएँ ।

त्यहाँ भएका लुम्रेझुम्रे मान्छेहरूलाई देवकोटाको सन्तान ठान्दै म खिन्न हुँदै थिएँ । तिनीहरू डेरावालाहरू भएको कुरा पछि थाहा भयो । देवकोटाको निजी कोठा, त्यहाँ भएको खाट, टेबल, कुर्सी, दराज, पुस्तकको चाङ, निजी सामान र लुगाफाटा हेर्ने कुतूहलसँगै काठको भर्याङ उक्लँदै थिएँ ।