Skip to content

kbs

PremKumarDhital-02

यसपालीको मंगसिरमा पक्कै बिहे गर्ने हो

यसपालीको मंगसिरमा पक्कै बिहे गर्ने हो
उनको खाली सिउदोमा सिन्दुर नि भर्ने हो

हुँदैछ बिहे भनि थाहा दिन सबैलाई
उनको मेरो विवाहको पर्चा पनि छर्ने हो

मोतीका दाना यो छातीभरि

  • by

मोतीका दाना यो छातीभरि झरेको सम्झन्छु
नौटङ्की रैछ मायाको रुप सरेको सम्झन्छु

देखाई आँशु छुपाई रुप पासोमा पारेछन्
भरेर झोला रुवाई भुरा तरेको सम्झन्छु

फूलको पनि लहरा

  • by

फूलको पनि लहरा, लहराले कस्न थाल्यो
तिमीलाई हेरिरहुँ, कस्तो बानी बस्न थाल्यो

नआऊ भन्छु सम्झनामा बिम्ब बनी आईदिन्छौ
भुल्न खोज्छु तिमीलाई हृदयमा छाईदिन्छौ
कसो कसो मनभित्र तिम्रो माया पस्न थाल्यो
तिमीलाई हेरिरहुँ, कस्तो बानी बस्न थाल्यो

ट्राफिक दाइलाई चिठी

अस्तिको ट्राफिक
स्टेरिङ घुमाउदै चालकासनमा
हिजो पनि तिमी रोडमा थियौ
चाकरी, चाप्लुसीका हात मोलेर
निश्चित म्यादको करारमा
ट्राफिक दाइ !
तिमी आज सिट्ठी फुकिरहेछौ

यात्रा

  • by

पर्खी ! एकछिन् कता डोर्याउँछस् कलम
अनि मेरा भावना र कल्पना प्रष्टसँग
छताछुल्ल,पर्दाफास गर्न अविरल दौडिरहेको
लक्ष्य बिहीन यात्रा कहाँ टुङ्गाउने हो ।
म आफै अन्योल छु ।

हेरेर तिमीलाई

  • by

हेरेर तिमीलाई नथाक्ने म, नदेखिएरै थकाउँछौ
घुर्क्याउँदै तिमीलाई सताउने म, बहाना गरी फकाउँछौ

जसरी छोपिन्छ चाँदनी, बादलको घुम्टो लपेटी
उसरी छिन-छिन हराएर, यो प्यासीलाई छकाउँछौ

मुकुट

  • by

एउटा गाउँ अथवा शहर अझ भनौँ देशको कुनै भुभागमा चार जना बलवान पुरुषहरू बस्थे । पहिलोसित बुद्धि थियो । दोश्रोसित बल थियो । तेस्रोसित बल र बुद्धिलाई सदुपयोग गर्ने क्षमता थियो ।

चौथोसित यी तीन जना लगायत आफू स्वयमलाई एकतामा बाध्ने सुत्र थियो ।

यसरी बलवान पुरुषहरूले आ आफ्न बिशेष गुणले गर्दा हरेक कुरामा सफलअता हाँसिल गर्दै थिए ।

किन सोध्छौ दुख्यो ? भनी अचानो हुँ जान तिमी

किन सोध्छौ दुख्यो ? भनी अचानो हुँ जान तिमी
जति काट दुख्ने छैन रुँदिन म मान तिमी ।

टुक्रा टुक्रा पारे पनि हुने छैन केही अब
तिम्रा लगि मरिसकें लासै सरि ठान तिमी ।

आज एक्लै ‎

  • by

अनौठो यो जिन्दगी आँशु पिई बाँच्नु पर्यो ‎
हाँस्ने रहर हुदापनि मन भित्र भित्रै मर्यो ‎
सधैंभरि उदासी छु हाँसी बोल्न रहरै भयो
लर्केको यो जवानी पनि आँशु पिएरै गयो ।

20111120_RajeshRumbaLama_News

कतारमा १०२ औ लक्ष्मी जयन्ती सम्पन्न

  • by

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टर र नवोदित साहित्यिक मोबाईल पुस्तकालय कतारद्वारा संयुक्त रुपमा आयोजित १०२ औ लक्ष्मी जयन्ती समारोह दोहास्थित ढाका रेष्टुरेन्टमा ११ नोभेम्बर शुक्रबारका दिन भव्यताका साथ सम्पन्न भएको छ ।

SajanaGurung

बद्नाम छु यो घुम्टो उघारी मेरो नाउँ नसोध्नु

  • by

बद्नाम छु यो घुम्टो उघारी मेरो नाउँ नसोध्नु !
पीडा बनी दुख्छौ तिमी मनमा यो घाउ नसोध्नु !

तिमीमाथि विश्वास गर्दा बर्बाद भएँ यस्तरी
कलंकित छ बस्ने बस्ती मेरो त्यो ठाउँ नसोध्नु !

PremKumarDhital

गइन टाढा, चोखो मुटु, जलाएर उनले

  • by

दिलमा बसी दिलमै छुरी चलाएर उनले !
गइन टाढा, चोखो मुटु, जलाएर उनले !

तिम्रो मुर्ति मन भित्र, राखेको छु भन्थी,
अर्कै मुर्ति सजाई, मेरो, ढलाएर उनले !
(गइन टाढा, चोखो मुटु, जलाएर उनले !)

संबिधान

  • by

म हरेक बिहान उही शब्दको खोजीमा
प्रत्येक झुपडी चहारी रहेको छु,
सोध्न खोज्छु एक बुदी आमा आँसुको
समुद्र थुन्दै भन्छिन्,
खोज तिमी मेरो अन्तिम चितासम्म पनि पर्खिरहने छु ;
मेरा पाईला थाकिसकेका छन्

एउटै जस्तो लाग्न थाल्यो तिम्रो मेरो घाउ

एउटै जस्तो लाग्न थाल्यो तिम्रो मेरो घाउ
सहलाउँछु दुख्या छाती अलि यता आऊ

आकाश रुन्छ वर्षा हुन्छ तिमीलाई दुख्दा
बगर बन्छ आँखा मेरो अँश्रु झरी सुक्दा
कोमल तिम्रो ह्रदय छ उस्तै छन् ती पाउ
सहलाउँछु दुख्या छाती अलि यता आऊ