आँखाले आँखा पो हेरेथेँ

  • by


आँखाले आँखा पो हेरेथेँ, मुटु पो दुख्न थालेछ ।
दुखाई भित्र ढुक्ढुकीमा, पिरती फुल्न थालेछ ॥

के माया बस्यो खै ! कुन्नि, सतायो मलाई अति नै
सम्झनामा तड्पिँदै, गाह्रो भो जिउन अति नै ।
आईदेऊ न लौन आजै नै, छाँया बनेर तनसँगै
छाईदेऊ न लौन सधैँ नै, माया बनेर मनसँगै ॥

गएर उनलाई भेटुँ त, कहाँ होला गाउँ थाहा छैन
चिठीमा खबर लेखुँ त, के होला नाउँ थाहा छैन ।
लैजाऊ न मलाई ए चरी, मायाको सुन्दर त्यो गाउँमा
हाँसेर पिरती गाँसेर, रहर छ बस्न त्यो ठाउँमा ॥

रचना : पारखी माइला तामाङ
संगीत : सोनाम बज्यू तामाङ
स्वर : जगदीश समाल
एल्बम : जून

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *