Skip to content

के भूल भयो साथी

  • by


के भूल भयो साथी आज झर्किएर गैदियौ
बोल्न पनि छाड्यौ किन तर्किएर गैदियौ?

न्यानो घाम बन्यौ ठाने प्राण नै सेकिदिएँ
साउनको झरी बनी दर्किएर गैदियौ

प्राणप्यारी तिमी मेरो भन्थ्यौ हृदयमा राख्याछु
अर्कै रानी दिलमा राखि लर्किएर गैदियौ

भेट्न भनि तिमीलाई नौ डाडाँ काटिआएँ
सम्म पर्‍या बाटो देख्यौ फर्किएर गैदियौ

तिमी मेरो प्रिय पात्र सम्हालेर राख्याथें
चरक्क भै शिसा जस्तै चर्किएर गैदियौ

बिना तामाङ’सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *