Skip to content

kbs

‘शब्दको चौतारीतिर फर्किएर’ हेर्दा

  • by

युवा पुस्ताका निरन्तर साधनारत एवं सक्रिय कवि मणिराज सिंहको चौथो कविता कृति ‘शब्दको चौतारीतिर फर्किएर’ (२०६८) समसामयिक विषयवस्तुमा आधारित सैँतीसवटा कविताहरूको सँगालो हो ।

केही पात्रहरूमाथि अन्याय भएजस्तो लाग्छ – डा.ध्रुवचन्द्र गौतम

  • by

वि.सं. २००० सालमा वीरगञ्जमा जन्मनुभएका ध्रुवचन्द्र गौतमको कविता विधामार्फत् साहित्यमा प्रवेश वि.सं. २०२० मा रुपरेखामा प्रकाशित ‘तथस्टता ः असफलता’ शीर्षकको कविताबाट भए पनि उपन्यासमा प्रवेश चाहिँ २०२४ सालमा रुपरेखामै प्रकाशित ‘अन्त्यपछि’ उपन्यासबाट भएको हो ।

लोग्नेमान्छे

  • by

“यसरी कोठामा बसिरहेको समयमा यसो कोठाको सरसफाइ गर्न सहयोग गरिदिए हुन्थ्यो, मैले मात्रै घरको सबै काम गर्न नभ्याउने भएँ ।”

नेपाली गजल र जहरभित्रको रहर

खासगरी ५० को दशकयता नेपाली गजल विधा युवाहरूमाझ लोकप्रिय बन्दै गएको मात्र छैन असङ्ख्य साहित्यानुरागी यही विधाबाट प्रवेश गरेका छन ।

ShushmaManandhar-05

सुकविता – नेपाल बन्द गरौँ

हिजो आज सजिलो छ, कुरा मनाउन
जाउँ साथी आज नेपाल बन्द गराउन
सरकार छैन यहाँ कुनै प्रतिकार छैन
जाउँ साथी आज नेपाल बन्द गराउन ।

एकतन्त्र गयो अब प्रजातन्त्र आ’छ
गर्नेलाई सबै छुट् झुट्पनि बोल्न पा’छ
यै हो मौका सडकबाट साधु थर्काउन
जाउँ साथी आज नेपाल बन्द गराउन ।

आफैँलाई छल्दै व्यर्थै लुक्न चाहन्न

आफैँलाई छल्दै व्यर्थै लुक्न चाहन्न
स्वाभीमानी बन्धक राखी झुक्न चाहन्न

नभएका हैनन् यहाँ आफै बेचिने
बेचिएर जीवनमा चुक्न चाहन्न