kbs
अनिवार्यता
‘दु:ख’ शब्द नै यति कठोर लाग्ने गर्दछ कि अधिकाशं मानिसहरू यो शब्दको उच्चारण नै गर्न डराउँछ नजिकै नपरोस भन्ने चाहन्छन् अनि आतिन्छन् मानौं शब्दमै काँडा छ र यसका तिखा सुईहरू चुभ्नेछ । अथवा भनुँ यसले घोच्दाको पीडा सहन सक्ने शक्ति तब छैन उनीहरूमा। तर म दु:ख मनपराउँछु। म दु:खलाई आत्मसाथ गर्छु ।
हुन त ममा पनि मानवीय गुण अनुरुप दु:खप्रति केही चित्त दुखाई नभएका हैनन् । तथापि म दु:खको अनुभव गर्न मनपराउँछु ।
एक पिताको पत्र शिक्षकलाई
(श्रीमान् सम्पादकज्यू, यो शैक्षिक लेखमा अनुभूतिजन्य जीवनको तीतो सत्यलाई हुबहु लिपिबद्ध गरेको छु । आफूले भोगेको अँध्यारोको अनुभूतिबाट पाठ सिकेर यो लेख लेख्ने सामर्थ्य जुटाएको हुँ । विराटनगरकी छात्रा सुस्मिता आचार्यले पाएको शारीरिक र मानसिक यातना नै यस लेखको जन्म हुनु तत्कालीन कारण हो । यस समाजले जे गर्न खटायो, शिक्षिकाले त्यही गरिन् । विवेकको उपयोग हैन, आदेशको पालना गरिन् । त्यसैले त दार्शनिक ओशो भन्छन्– ‘समाज मालिक हो, शिक्षक गुलाम हुन् ।’ यो लेख पनि उनै दार्शनिकको शैक्षिक चिन्तनबाट धेरथोर प्रभावित छ । यसबाहेक अब्राहम लिङ्कनको प्रधानाध्यापकलाई पत्रबाट समेत केही हदमा प्रभावित हुनसक्छ । जसजसबाट प्रभाव ग्रहण गरेँ उनीहरूप्रति श्रद्धा………..! अन्तमा, छात्रा सुस्मिता आचार्यजस्ता विद्यार्थीहरूमा नवीन वैचारिक विद्रोही सोच जन्मने क्रम नरोकियोस्, यत्तिखेर भने उनको स्वास्थ्यलाभको कामना……!–नलाआ)
अनेसास नबोदित नबौ डबली भब्यताका साथ सम्पन
‘यस्तै छ महल झूप्रो छ सुनसान
भत्कदा झुप्रो महलको गुनगान’
फणिन्द्र शान्तका यिनै गजलका शेरहरूसँग सुरु भएको अन्तराष्ट्रिय नेपाली साहित्यि समाज (अनेसास) कतार च्याप्टर र नवोदित साहित्यिक मोवाइल पुस्तकालय कतारको संयुक्त आयोजनामा हुँदै आएको अनेसास- नबोदित “नबौ डबली” गत डिसेम्बर ९ तारिकको दिन दोहास्थित टप फ्रम रेष्टुरेन्टमा भब्यताका साथ सम्पन भएको छ ।
कथा साहित्यमा उदयपुरको मूल्याङ्कन
(१) परिचय
कुनै पनि मुलुकको सभ्यता र संस्कृतिको परिचय त्यस मुलुकको कला र साहित्यले दिने गर्दछ । साहित्य समृद्धशाली छ भने त्यस देसको समुन्नतिमा समेत ठोस टेवा पुग्दछ । साहित्य, कला र संस्कृतिको विकास भनेपछि कुम्भकर्णजस्तो निदाउने सरकारका सामु अरू कसैको केही लाग्दैन तर सर्जकहरूले भने सिर्जनामार्फत् नै परिवर्तन गर्न सक्छन् भन्ने कुरा विश्व इतिहासमा भएका वौद्धिक क्रान्तिहरूले पुष्टि गरिसकेका छन् । यो जगत् सुन्दर हुनु र देखिनुमा साहित्यले आधारभृ्त भृ्मिका खेलेको छ । मानवीय जीवनको प्रगतिको द्योतकका रूपमा साहित्य चिनिन्छ । मानिसलाई मानव भनेर चिनाउने गहना पनि साहित्य नै हो । नेपाली साहित्यको विकासमा राज्यको देन न्युन छ तापनि केही कृतिहरूले विश्व साहित्यसँग पौँठेजोरी खेल्ने क्षमता राखेका छन् ।
अनलाइन प्रेम
घडीको सुई भित्तामा कहिले चढ्दै त कहिले ओर्लदै थियो । शुन्यतामा टिक् टिक् आवाज काफी थियो मुटुको धड्कन अझ तेज बनाउन । यस्तै ९ बजेको हुदोँ हो । एक्लै धुम्धुम्ती कोठामा बसिरहेकी मलाई नजिकैको स्योकेशमा राखिएको किताबका खातहरूले टोकुँला झैँ हेर्दै थियो । सुरज गएदेखि मेरो एकान्तको साथी बनेका ती किताबहरूलाई खै किन हो आज पल्टाउनै मन भएन । किन किन मन फुङ् उडेको मरुभूमि जस्तै हुदैंथियो ।
यस्तो त मलाई कुनै अपशकुन हुनु अगाडि हुने गर्दथ्यो । म निद्रादेवीको काखमा लुट्पुटिन आतुर थिएँ । तर आज निद्रादेवीले त्यति छिट्टै बोलाउलिन् जस्तो कुनै छाँटकाँट नै देखिन । आँखा उध्रेका बोरा झैँ खुल्लै रहिरहेथ्यो जति च्यापे पनि । अलि पर हेरें टेबलमा ल्यापटपले मलाई जिस्काईरहेको थियो ।

मेरा अघिल्तिरबाट एउटा मान्छे गयोस
सस्ता हिन्दी सिरियलमा
चारैतिर तिम्रो चर्चा, बिक्छ तिम्रौ नाम यहाँ
मेरो मन, मेरै अवयव,
सत्र बर्षे जवानीलाई सम्झी ल्याउँदा खेरी
(१)
आज मुटु चर्किएर रोएँ
यहाँ अचम्म गरियो