Skip to content

kbs

आहा ! हाम्रो माया बस्या अँधेरीको रात प्यारो

  • by

आहा ! हाम्रो माया बस्या अँधेरीको रात प्यारो
बेहोसिन बाध्य पार्ने तिम्रो उही मात प्यारो

नजरको ईशारामै लट्ठ पर्दा झनै तिम्रो
ललिते त्यो मिठो बोली फसाउने बात प्यारो

चार मुक्तक

  • by

(१)
गरीबका छातीमा कुल्चेर माथि जानेहरू
नि:सङ्कोच मजदुरको पसिना खानेहरू
नतमस्तक भएर कति मनाउछौ उत्सब
भ्रम र रित्तो बकबास बाड्दै सती जानेहरू ।

मिठै हुन्छ कल्पनामा

  • by

क्षितिजको सयर गर्दा मिठै हुन्छ कल्पनामा,
वेदनाको घाउ पनि मिठै मिठै हुन्छ कल्पनामा ।

सोचाइ उनको एकान्तमा सम्झी रुने बानी पर्यो,
मन्द मुस्कान अनि साथ मिठै हुन्छ कल्पनामा ।
क्षितिजको सयर गर्दा मिठै हुन्छ कल्पनामा ।।

साँच्चै मेरो देश यस्ती देखिन्छिन्

आजभोलि मेरो देश
एक्ली एक्ली भएकी छिन्
कस्ती कस्ती भएकी छिन्
खै कस्तो भनौं
मानौं सिंदुर पोते बिनाको
सौभाग्यवती नारी भएकी छिन्

प्रेमिकाको सम्झना

प्रकृतिको सुन्दर फूलझैँ मैले भेट्दा थिईन उनी
त्यहीँ फूलको सुबास भई मेरो दिलमा आईन उनी
त्यो सुबास फैलिई रहेछ आज मेरो शरिर भरि
त्यसले त उनलाई भुल्न गार्हो भयो जुनी भरि

सोधेर नि सपनीमा सुटुक्क कोही आउँछ र ?

  • by

सोधेर नि सपनीमा सुटुक्क कोही आउँछ र ?
मीठो पीडा प्रणयको अनायसै जगाउँछ र ?

घाउ कस्तो अनौठो मुटुभित्र आज पाएँ
अमृतको रस पनि पिएर कोही अघाउँछ र ?

मधेसमा वसन्त बहार

  • by

राजनीतिलाई पोशाक चाहिने साहित्यलाई नाङ्गै राख्ने काइदा छन् ।

विशेष गरी आख्यानमा बीपी सगरमाथा उक्लेका मान्छे । उनको नजरले साहित्यलाई अराजकतामा हुर्कने अभिव्यक्ति देख्यो । राजनीतिले समाजको कल्याण नभएको र समाजलाई चेत नदिएकोले हुनसक्छ । साहित्य बराल्ने हैन, सपार्ने चीजको नाम हो । साहित्य मुक्त छ । राजनीति परतन्त्री छ । शौचालय राजनीति, उद्यान साहित्य । तर्कमाथि, तर्कले मन गिजोल्छ । अनुरागका काइदा पनि थरिथरीका हुँदा रहेछन् । राजनीति साहित्यबिना नबाँच्ने, साहित्य राजनीतिले भर नगरी नजन्मने । थरिथरीका मनहरू घुमिरहन्छन् मभित्र ।

नजाऊ न टाढा-टाढा

  • by

नजाऊ न टाढा-टाढा, आऊ न मेरो छेउ
नरिसाऊ न माया तिमी, लौन बोली देऊ

लाग्दैन भने जस्तो, मुटु दुख्ने गरी
आजभोलि हिँड्छौ किन, आँखा तरी-तरी
गल्ती भए माफ गर, गर्छु लाख बिन्ति
मर्न पनि तयारी छु, म त तिम्रो निम्ति

सबै सुम्पे वर्तमान र भबिष्य

सबै सुम्पे वर्तमान र भबिष्य नै तिम्रो हातमा
भएको नै एउटै मुटु सबै लग्यौ मेरो आत्मा ।

जिन्दगीको यात्रा सधै तिमीसँगै गर्छु भन्थे
बेहोसीमै ढल्न पुगे देख्दा तिम्रो कोही साथमा ।