Skip to content

ks

बिज के रोप्यौ आखिर

  • by

बिज के रोप्यौ आखिर फल त्यही नै फल्दछ
सल्केको झिल्को थप्दछौ घिउ दन्दनी बल्दछ

यस्तो हो आगो न आफ्नो भन्छ न पराई भन्दछ
दन्दनी बल्छ जब त्यो आगो संसारै जल्दछ

नैतिकवान

  • by

नैतिकवान लड्दा खेरि हार्नु पर्दैन जेठा
मोहनीको मन्त्र सुनाई खार्नु पर्दैन जेठा

मातृपूजा पितृपूजा जिउँदो छँदै गर्दा राम्रों
आडम्बरी वरखी हामी बार्नु पर्दैन जेठा

प्रेम गरौं सँगै बसौं शुद्ध भाव धारणमा
यो सुद्धताको माया प्रेम मार्नु पर्दैन जेठा

तामा खाने दुम्सी

  • by

बाँसले तामा हाल्ने समय थियो । दिउँसो तरकारी खान तामा दिनुस् भनेर माग्न आउने मान्छेलाई बुबाले रित्तो हात फर्काउनुभएको थियो ।

त्यस साँझ बाँस झाँङमा बच्चा रोयो । ‘कस्को बच्चा रोयो’ भन्दै म त्यता दौडन लागेको थिएँ, आमाले रोक्नुभयो । उल्टै घरभित्र लगेर मलाई बन्द गर्नुभयो । त्यस दिनदेखि तामा चोरिन थाल्यो ।

सानै छु नि बाबा (सवाल-जवाफ)

  • by

सवाल – सरस्वती न्यौपाने

सानै छु नि बाबा अहिले बेको उमेर भाको छैन
बिश्वास गर्नुस छोरीमाथि ईज्जत फाली गाको छैन ।

जुन संकारमा हुर्काउनु भो त्यही संकारमा रमाउदै छु
सरलतालाई त्यागी आज डिस्कोतिर धाको छैन ।

जवाफ – रामकृष्ण पौडेल अनयास

दुनियाको छोरीले नाक कट्दै गाको देख्दा छोरी
आत्तिन्छ मन तिम्रो उमेर सोर्ह्र सालमा टेक्दा छोरी ।

रीतिरिवाज परम्परा तोड्दै मोड्दै जादा अचेल
साथि संगत जान सक्छ आफ्नै मनलाई छेक्दा छोरी ।

कस्तो पाप भरिएछ

  • by

कस्तो पाप भरिएछ फूलमा पनि भेट्छु तुष
अमृत भन्दै पिलाउँदैछ प्रियतमले आफैं विष

पत्र पत्र केलाउदै छरिदिन्थ्यौं शीरमा फूल
ममताले बोलाउदै ओडाइदिन्थ्यौं शीताराको तूल
आज आँशु झरिरहेछ छैन मेरो खुशीको शेष
अमृत भन्दै पिलाउदैछ प्रियतमले आफैं विष

कष्टकर लामो युद्ध

  • by

कष्टकर लामो युद्ध लड्न सम्म लडे
मद तिन्मा अति मस्त बढ्न सम्म बडे

रगतको खोला बग्यो घर भयो नाङ्गो
आतङ्कको धुरी माथी चढ्न सम्म चढे्

आज तिनको गर्जन सिंह सरि भयो
पीडितका दर्द तन डढ्न सम्म डढे

देउता

  • by

म सानै थिएँ । धेरै कुरो बुझ्ने उमेर पनि भएको थिएन । एकदिन मानिसहरूले देउता ठानेर ढुङ्गो पुजेको थाहा पाएँ । कहिल्यै नदेखिने र नभेटिने यी देवता कस्ता रहेछन्, हेर्नै पर्यो भनेर एक रात मन्दिर छिरेँ । निर्जीव ढुङ्गो अचल भएर ठडिएको थियो, जति बोलाए पनि, जति पुकारे पनि त्यसले आवाज निकालेन । ‘बोल, बोल ! बोल, देउता, बोल’ भन्दै अर्को ढुङ्गाले हान्न थालेँ । हान्दाहान्दै ढुङ्गो फुट्यो तर देवता बोलेनन् । ‘ला, देवता त मरेछन्’ भनेर म आत्तिएँ । हत्त न पत्त लुक्दैलुक्दै घर पुगेँ । चारैतिर सुनसान थियो । बाहिर दलानमा बुबा मस्त निद्रामा हुनुहुन्थ्यो । म उहाँसँगै सिरकमा गुट्मुटिएँ ।

त्यस्ता नि मुन्छे हुन्छन् र?

  • by

ऊ वेगसँग चल्छ
सरररररररररररर बग्छ
कतै भित्र-भित्रै
यतै छेउ छाउ
दुख्छ छुना साथ
एउटा नमिठो घाउ
कस्ता रैछन्
त्यस्ता नि मुन्छे हुन्छन् र ?

हामी दुईको बाँच्ने आफ्नै पारा

  • by

हामी दुईको बाँच्ने आफ्नै पारा थियो
माया प्रेमको साक्षी संसार सारा थियो

घर मेरो आकाशमा त्यहीँ बस्थेँ म त
त्यहीँ मेरो आफ्नै प्यारो तारा थियो

कहाँ खोज्छौ मलाई (जवाफ-जवाफ)

  • by

सवाल – मिथिला प्याकुरेल “मिथ्या”

कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म
छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म

जवाफ – रामकृष्ण पौडेल “अनयास”

मेरो आँसुलाई सोधी हेर कहाँ खोजिन र मैले
मनलाई तनलाई बतासलाई कहाँ सोधिन र मैले

दुई मुक्तक (मर्छे छोरी, टीका लाग्छ)

  • by

१)
पूर्ण आकर पाउनु अघि गर्भ भित्रै मर्छे छोरी
विना दोषै समाजको तिरस्कारले झर्छे छोरी
अँठ्याई घाँटी पुरुषत्व लिन्छ मुठ्ठी स्वास अनि
मृत्युपछि पनि बद्नामीको तक्मा भिर्छे छोरी

बोर्डिङ्गे माष्टर (लघुकथा)

  • by

अगाडि विद्यार्थीका कापीको बन्डल छ । सुनिल सर विद्यार्थीका प्रमाण पत्र तयार गर्न जुटेका छन् ।

‘खट्नु, खट्नु, खट्नु, बेस्कन खट्नु ! कत्ति खट्नु ! खट्दा, खट्दै शरीर खस्कँदै गयो ।’ त्यत्तिकैमा उनी फत्फताए ।

‘कथी भेलौ बौवा !’ (के भयो, बाबु !) त्यत्तिखेरै डेरा मालिक्नीले लेघ्रो पसारिन् ।

आज अब लाग्दै छु

  • by

आज अब लाग्दै छु धनगढी तिर
कति सुन्दर बाटो छ डाँडा पाखा भीर

प्राकृतिक सौन्दर्यमा डडेलधुरा बोल्छ
प्राकृतिक सौन्दर्यमा बग्छ सुद्ध नीर

यात्रा गर्दा छुनु पर्ने हेर डोटी जिल्ला
सहयात्री अति राम्री ठोकिन गो शीर

मेरो छेउमा बसेर मेरी श्रीमती रुँदै थिइन्

समयको मोड र दौडलाई निरन्तर रुपमा पछ्याउनु हामी सबैको बाध्यता र काम हो । जब मानिस जन्मन्छ उसको मृत्यु निश्चित छ । तैपनि उसले मृत्युलाई सहज रुपमा स्वीकार गर्न कदापि सक्दैन ।

… मेरो छेउमा बसेर मेरी श्रीमती रोइरहेकी थिइन्, तर उनी किन रोएकी हुन मलाई थाहा हुन सकिरहेको थिएन । उनको रुवाइ एकनासले चलिरहेको थियो भने वरिपरि मानिसहरूको पनि निकै नै भीड लागेको छ । मेरो चारैतिर यता उता सबै बसेका छन् । तर किन सबै मौन र गहभरी आँसु पारेका छन् म किन किन थाहा पाउन सकेको छैन । म मेरी श्रीमतीलाई सोध्छु । तर उनी मेरो प्रश्नको जवाफ दिन्नन् ।

भित्र भित्रै आफै बल्छन

  • by

भित्र भित्रै आफै बल्छन तिम्रो प्रगति देखेर
कोही कोही यहाँ जल्छन तिम्रो प्रगति देखेर

छेपारोको भोलिवादले संक्रमित छन मान्छेहरू
रातसंगै फेरि ढल्छन तिम्रो प्रगति देखेर

दुई मुक्तक (मन लाग्छ, मर्दो रै’छ)

  • by


डालीबाट सुक्या पात झैँ झर्न मन लाग्छ
कुवाएर यत्र तत्र देहा छर्न मन लाग्छ
अर्थहिन जीवन निभ्छ मेरो माटो हाँस्छ भने
साँच्चै आजकल अहिल्यै मर्न मन लाग्छ