Skip to content

ks

पैसा

  • by

पैसा छ क्या चमकदार र मोलवाला
आँखा हुने जगतका यसमै उज्याला ।
          क्या गोलगोल अनमोल छ चट्ट बान्की
          यो हातमा हुन गए मन उड्छ सन्की ।।
संसार गोल छ धनै पनि बाटुलो छ
पैसा यही सब कुराहरूमा ठूलो छ ।
          पैसा भए हृदयमा सुखले खुलो छ
          पैसा यही सकल रोगविशे मुलो छ ।।

मेरो अनुपस्थिति, दशैंमा

हो !
यसपाली पनि
म आउन पाउँदिन
दशैंमा ।

यसै सिजनमा
भिक्टोरिया क्रस खोज्नुछ
अफगानिस्तान वा इराकतिर
परमवीरचक्र खोज्नुछ
कारगिल, जम्मू वा यतै कतैतिर ।

परदेशी म

  • by

चर्खे पिंगको एउटा पिर्का, मलाई कुर्दै होला कठै
लिंगे पिंगको एउटा लिंगा, मलाई हेर्दै होला कठै
लैबरिका भाकाहरू, एक्लिएका होलान कतै
बिना जोडी कोइली चरी, एक्लिएका होलान कतै

लालुपाते मखमली, मच्ची-मच्ची फुल्दै होलान
गैरी बारी कोदो फुल्दा, खेतमा धान झुल्दै होलान
लह लह धानका बाला, टोलाएर बसे कि त
फुर्के फूल मखमलीका, लोलाएर बसे कि त

NandaLalAcharya-05

मझेरीका लेखक आचार्य पुरस्कृत

  • by

‘शिक्षक मासिक’, जावलाखेल, ललितपुरले २०६९ असार/साउन अङ्कमा घोषणा गरिएअनुसार सञ्चालन गरेको ‘पूर्ण साक्षर नेपाल’ लेखन प्रतिस्पर्धामा लिटिल फ्लावर मावि, राजविराज-९, सप्तरीका शिक्षक नन्दलाल आचार्य र सरस्वती उच्च मावि, दुनै, डोल्पाका शिक्षक अर्जुनप्रसाद पोखरेल पुरस्कृत भएका छन् ।

पुरस्कारको रकम दामासाही रूपमा रु. २५,०००/- नगद रहेको छ । आचार्यको ‘जिउन सजिलो पार्छ’ र पोखरेलको ‘अक्षर मात्र साक्षरताको मानक रहेन’ शीर्षकका लेखलाई उत्कृष्ठ ठहर्याई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

Puranaghare

मन्दिर बन्ने सिमेन्ट

  • by

मन्दिर बन्ने सिमेन्ट ईट्टा ढुंगो उतै थियो
स्वीकार थियो मलाई भने टुंगो उतै थियो

भर दिने माटो गल्यो बग्यो खेत बारी
पिडित छु रतन्धोले पालुंगो उतै थियो

मेरो घरको बाटो

  • by

मेरो घरको बाटो हुँदै बेहुली बनी जाँदा
फर्की समेत हेरेनौँ तिम्ले मै रोँइ रहँदा

हेरिरहेँ देखेसम्म मनमा आशा बोकी
तिमीले डाँडा काटेपछि गयो आशा पोखी
चिन्न मैले सकेन छु सँगै हुँदा छँदा
चिने बल्ल पराईसँग डाँडा काटी जाँदा

ओ मुर्ख !

  • by

फुइगेलाबा ङाला रहरला प्लु
फिरी एला रजाइँ स्यामा
ङा लाहनन फेरो ख्रबाला मुला
सोमालिया रंगलासी
ताङ्बा ख्राबा
ङाला ताङ्गेलाबा सेमरी
एसे पिन्बा बचनला तोबसे

बिरोधको शैली र पक्षपातको नौटङ्की

  • by

अरु त थाहा छैन तर केही साल यताका नेपालीहरू जब जब दसैं भन्ने चाड नजिकिन्छ तब तब लगभग आधाभन्दा बेसी शाकाहारी बनिहाल्छन् । अझै यसो भनुँ बनिटोपल्छन् । तर साँच्चैमा होइन ! केवल आदर्श छाँट्ने बहानामा । यसो गर्नेमा हिन्दू अहिन्दू सबै पर्छन् तर स्वाभावैले अहिन्दू बेसी रहन्छन् ।

केही समय पहिले एक जना मित्रको बिहे भयो । उनी अहिन्दू हुन् । बिहेपछि खुशी बाँट्न बिहे समारोहका धेरै तस्बिर फेसबुकमा राखे । सबैले बधाई दिए । खुशी छछल्काए । राम्रै भयो ।

20121017_AcharyaPrabha_Gazhal

परदेशी मनका उत्पीडन

  • by

नेपालीको महान चाड् घर, आँगनमा आइसक्यो
सयपत्री, मखमलीले माया प्रीत लाइसक्यो ।

तन भने परदेशमा, मन भने घर, आँगनमा
इेच्छा, रहर् दौडिएर गाउँ, घरमै धाइसक्यो ।

20121017_DeshSubba_News

भारतको आसाममा भयवाद

  • by

भारतको आसाम राज्यको पहाडी कार्विआङलाङ जिल्ला, राजडुबा गाउँमा प्रत्येक महिना ‘बसिबियालो’ साहित्यिक कार्यक्रम हुने गर्दछ ।

गत आइतबार अक्टोबर १४ मा बसिबियालो कार्यक्रमले ‘भयवाद’ दर्शनमा अन्तरक्रिया सम्पन्न गर्यो । उक्त कार्यक्रममा ६० कि.मी. टाढाबाट सहभागीहरू साइकलमा आएका थिए ।

म त सार्है बिग्रेँ

  • by

अहिलेसम्म
आफू मात्र अघाउने प्रपन्चमा छु
आजसम्म
आफैलाई मात्र सोच्ने बिचारमा छु
ममाथि
अहमको पदार्पण भएको छ
म गजक्क परेर
अरूले गरेको नमस्कार
अरूले निहुरिएर हेरेको दृश्य
यो बेला आनन्दले चपाउदैछु ।

अपाङ्ग प्रधानाध्यापक

  • by

‘जो परीक्षामा निरीक्षक बन्दा वा रिजल्ट निकाल्दा पदीय जिम्मेवारी निर्वाह गर्दैन, त्यसको नामावली मलाई दिनुस् । सख्त कार्वाही हुनेछ ।’ विद्यालय निर्देशकले आदेश दिएका थिए ।

मलाई बोर्डिङ्ग स्कूलको अपाङ्ग प्रशासक बन्नु जीवनकै दुर्भाग्य हो भन्ने महसुस थियो । त्यसैले पनि फुकिफुकी पाइला चाल्नुको विकल्प थिएन । शिक्षक कर्मचारीहरू कोही जानेर त कोही नजानेर काम बिगार्छन् ।

सूर्यमुखी

  • by

उसको नाउँ त रमा हो, तर म उसलाई सूर्यमुखी भनेर नै बोलाउँथेँ । हाम्रो पहिलो भेटा एउटा नाट्यशालामा भएको थियो र छुटानाम पनि नाट्यशालाबाट नै । अचेल सूर्यमुखी मलाई देखेर पनि देख्दिन, चिनेर पनि चिन्दिन । तर मभित्र भने रही-रही एउटा सूर्यमुखी फक्रिन्छ-ओइलिन्छ-झर्छ, फक्रिन्छ-ओइलिन्छ-झर्छ । कहिलेकाहीँ यस्तो लाग्छ, बाटामा गइरहेकी सूर्यमुखीका दुवै पाखुरा समातेर भनूँ – ‘सूर्यमुखी, तँ अझै मेरो हृदयको गमलामा ताजै छेस् । नमार् आफ्नो प्रतिभालाई !’

बिष नै पो पिइएछ

चिन्ने न जान्ने ढुंगाले हान्ने, आफ्नै झैं ठानेर
लेकाली कोदो तीन-पाने भन्ने, हातैमा तानेर
मेरै हो भट्टी मैले नै पार्छु, सम्झेर आउनुस है
नजानु अन्त नपिउनु कतै, मिसावट हुन्छ दाइ

साइँलीको भट्टी चिटिक्क रैछ, त्यतै पो जमियो
कोदोको रक्सी तीनपाने भन्दा, झनै पो रमियो
साइँलीको हातमा जादु नै रैछ, क्या मिठो पारेको
भन्दै छिन् उता तपाईंलाई भनी, तीनेपाने तारेको

साँच्दा साँच्दै कुनै बेला

  • by

साँच्दा साँच्दै कुनै बेला रहरहरू मर्छ
लेख्दा लेख्दै गजल यहाँ बहरहरू मर्छ

सिंच्नु थियो बंजर भूमि हराभरा पार्न
बग्दा बग्दै अनायसै नहरहरू मर्छ

AmritBaskune

तिमी

  • by

हेर तिमी र तिम्रा लागि भनेर मैले जिन्दगीका एक दशकका शिशिर र बसन्तहरू तिम्रै साथमा बिताए । तिमीलाई स्याहार गरेँ, तिम्रा प्रत्येक पलमा साथ दिएँ, तिमीलाई सँधै मायाँ गरे, कहिल्यै तिम्रो साथ छोडिन । अहिले समय बदलिएछ । किनकि म तिमीसँग छैन म तिमीभन्दा टाढा पुगेको छु ।

मानिस परिस्थितिको दास नै हो त्यसैले त्यही परिस्थितिको कारणले गर्दा म अहिले तिमीभन्दा टाढा पुगेको छु । मेरो रहर होइन बाध्यताले गर्दा तर दुःख लागेको छ । तिमी सँगै अहिलेसम्म नहुँदा ।