हामी दुईको बिचमा (सवाल-जवाफ)
सवाल – रामकृष्ण पौडेल “अनयास”
हामी दुईको बिचमा सरु कुलघरान जात थियो
धनी गरिव आकाश पाताल संम्बन्धको बात थियो
मेरो हातको चल्ने भए बाँड्थे आधी गाँस पनि
बार्न खोज्नु चुलोचौको तिम्रो ठुलो मात थियो
जवाफ – सरस्वती न्यौपाने “सरु”
दुनियाले बनाएको जातमा खसे आँसु मेरा
बीच बाटोमै छाडी दिने बातमा खसे आँसु मेरा
जात भन्दा माया ठुलो भन्थे सधैं आट गर्नु
दोष लगाई लत्याई दियौ लातमा खसे आँसु मेरा

अचानोको खुकुरीलाई चोट के’था हुन्छ
जति तान्छु, यो मन यता, उतै जान्छ, मोहनी पो लायौ कि?
कोलाहल मच्चिएको छ
मेरो माया भुल्न तिमीलाई सजिलो भो
मित्र पुन्यजी,
उनी अरुको अंगालोमा, मेरो अंगालो खाली
हराएका सपना मेरा शहरभित्र खोजी बस्छु
झुटो के हो सत्य के हो थाहा हुन्न कुनै बेला
कान्छी !
“आधा घण्टा अगाडि ढोका ढक ढक गर्या थियो । अब फेरि गर्ने बेला भयो । सायद अब चाहिँ ढोका नै फोर्छ कि ? त्यो जुँगे नै आउन बेर छैन । कहाँ फँसियो यार । मेरो साथीहरू निदाएको बहाना गर्दैछन् । उ-उ- फेरि कोही आए जस्तो छ । हे प्रभु अब चाहिँ पक्कै आयो । भगवान प्लिज मद्दत गर । ए होईन रहेछ । अगाडि के के हुन्छ । थाहा छैन यति चाहिँ लेखिराख्छु । पछिलाई सम्झना हुन्छ ।”