कस्तो पाप भरिएछ फूलमा पनि भेट्छु तुष
अमृत भन्दै पिलाउँदैछ प्रियतमले आफैं विष
पत्र पत्र केलाउदै छरिदिन्थ्यौं शीरमा फूल
ममताले बोलाउदै ओडाइदिन्थ्यौं शीताराको तूल
आज आँशु झरिरहेछ छैन मेरो खुशीको शेष
अमृत भन्दै पिलाउदैछ प्रियतमले आफैं विष
जूनेली त्यो आँगनीमा बस्थ्यौं गाउँदै प्रीतको भाका
चम्किदिन्थे अँधेरीमा जुनकिरी झैं चार आँखा
शीतसँगै सुक्दैछ प्यार रुन्छ उजाड मेरो उषा
अमृत भन्दै पिलाउदैछ प्रियतमले आफैं विष
कस्तो पाप भरिएछ फूलमा पनि भेट्छु तुष
अमृत भन्दै पिलाउदैछ प्रियतमले आफैं विष