Skip to content

ks

रुपान्तरित चुहावट

  • by

गरिबी निवारणका लागि राज्यले गरिबहरूलाई राहत दिने निर्णय गर्यो । गाउँ, गाउँमा गरिबहरूको पहिचान गरियो ।

गरिबीको परिचय-पत्र शिक्षकहरूले पाए, पार्टीका कार्यकर्ताहरूले पाए, टाठाबाठा र बिल्डिङ घरवालाहरूले पाए । परिचय-पत्र सडक आसपासका हर्ताकर्ताहरूले पाए । पर, खोलाछेउमा बस्ने छाप्राका सुकुम्वासीहरू बेखबर भए ।

NirveekRai-07

मार्क्सवादको एउटा असल पक्ष – ‘प्रतिभाप्रवाह’ शृङ्खला ६० औँ

  • by

त्रिचन्द्र कलेजको पुरानो भवनको तेस्रो तलाको कौसीमा सहभागीहरू पर्खिरहेको । जाँदो असोज-कात्तिकको अन्तिम शनिवार उक्त कार्यक्रम हुन नसक्नुमा दसैँतिहारको अनावश्यक लामो बिदाको कारण जिम्मेवार भएको प्रसङ्ग संयोजक हरिगोविन्द लुइँटेल र खेम थपलियाबीच चल्यो ।

मैले बोलेँ, “असोजअन्तिम हप्ताको शनिवार कविता भन्ने तोडले म यहाँ बड्किएर आ’को । चालचुल न भा’कोले हिस्सिएर फर्केँ । बूढियाले भनी – मान्छेलाई दसैँ लागेर घटस्थापनादेखि राजधानी छाडिसके तपाईँलाई चैँ खाइ न पाइ कविता सुनाउने चासो ।”

यसपाली त अबस्य नै

  • by

यसपाली त अबस्य नै मैले छुट्टी पाउँछु आमा
दशैं तिहार मनाउँन म नि उतै आउँछु आमा

हाम्रो घरलाई लिपी-पोती कमेरोले सिंगारौंला,
खरको छानो चुह्यो होला राम्रोसित छाउँछु आमा

हरि अधिकारीको खुलासा

  • by

माधवप्रसाद घिमिरेको राजभक्ति र शाही सत्ताले दिएको राष्ट्रकविको उपाधिको चर्को चिरफार अनि कमसल किताबको कठोर आलोचना तथा गुदी भएकाको फारो प्रशंसा गरेर धेरैलाई चिढ्याएका हक्की समीक्षक हरि अधिकारी काठमाडौंको बौद्धिक/साहित्यिक मण्डलीको एउटा तप्कामा निकै आलोच्य व्यक्ति हुन्।

नसिब (लघुकथा)

  • by

‘सर ! हम बहुत दुःखी लोग छी । कहियौ सुख नही भेटलियै ।’ (सर ! म धेरै दुःखी मान्छे हुँ । कहिल्यै सुख भेटिनँ ।) ठेलावालले पसिना पुछ्दै मनको पीडा ओकल्यो ।

‘दुःख र सुख जीवनका दुई पाटा हुन् । यी साथै रहन्छन् । एकलाई पन्छाए अर्काको समेत नाम रहन्न । दुःख पचाउनेले सुख भेट्छ, सुखलाई जतन गर्नेले लाभैलाभ आर्जन गर्छ ।’ मेरो कथन सुनेर ऊ आश्चर्यमा पर्यो ।

जग्गा बिक्रीमा छ (झटारो)

  • by

एक दिन
एक तरुनीले
आफ्नो नाइटो देखाउदै भनी –
मेरो नाभीस्थल
बिक्रीमा राखेको
घर घडेरी जस्तो छ
किन्ने भए किनिहाल्नुस
आज भोलि मन्दीले
काठमाडौंभन्दा सस्तो छ

दुर्घटनाको मेरो अनुभव

  • by

अचेल दुर्घटनाका खबर सामान्य भएका छन् । दुर्घटनाका खबरले मानवीय संवेदनासमेत उत्पन्न गर्न छाडेको छ । मानिसले ज्यान गुमाउने क्रम भने बढ्दै गएको छ । मैले भोगेका दुईवटा दुर्घटनाको अनुभव यस्तो छ ।

सेक्स म्युजियम, रेडलाइट एरिया र हामी मूर्ख

  • by

हामी पाँच जना आम्सटरड्यामको सेक्स म्युजियमअगाडि थियौँ । हाम्रो सामुन्ने नग्न महिलाको स्टेचु खडा थियो, कामुक तर मुस्कुराइरहेकी ।

उपन्यासभित्र अनेक उपन्यास

  • by

जगदीश घिमिरेको नयाँ उपन्यास सकसलाई एउटा उपन्यास मात्र भन्नु त्यसमाथि अन्याय हुन्छ । यो एउटा उपन्यासभित्र थुप्रै उपन्यास हो ।

आफैँतिर फर्किरहेको मानिसको कविता

  • by

विक्रम सम्वत् २०५७ मा छापिएको रमेश क्षितिजको पहिलो कवितासंग्रहले नै आमपाठक र साहित्यका गम्भीर अध्येता दुवैथरीको ध्यानाकृष्ट गरेको थियो ।

मेरो प्रेमी ?

  • by

अवसर प्रेम दिवसको थियो ।

दिवसले दिएको रातो गुलाफ मैले ब्यागमा राखेँ । धन्न ! फूल पसल पनि नजिकै रहेछ । हतार-हतार पहेँलो गुलाफ किनेँ, सरसलाई दिन । सरसको बिहे हुनुअघि भेट्ने स्थानमा पहिले मै पुग्थेँ ।

बले र म

  • by

यसपाली नेपाल जाँदाको कुरा हो । म एकजना काकालाई भेट्न गएँ । काका घरको तल्लो तला भाडामा दिएर आफू माथि बस्दा रहेछन । माथि जाने भर्याङ पनि मेसो पाइन ।

तल्लो तलामा भाडामा बस्ने मानिस खाना पकाउने तरखरमा थिए ।

“यहाँ माथि जाने भर्याङ कता छ ?” – मैले सोधेँ ।