ks
पृथक उपन्यास ‘अपमान’ को तेस्रो संस्करण
खोइ मान्छेको स्वतन्त्रता, खोइ मान्छेको अधिकार ? कानुन एकातिर प्रयोग अर्कोतिर । देश एकातिर जातिहरू अर्कोतिर । यो कति असान्दर्भिक, कति बेमेल । भाषण अब्राहमन लिङकनको जस्तो प्रजातान्त्रिक व्यवहार कुनै हिटलरको जस्तो नाजी । त्यसैले ती सबै बेमेल, अन्याय, अत्याचारलाई समग्रमा मिलाएर मैले ‘अपमान’ भने र औपन्यासिकता दिन केही आधार विकास गरें ।
अपमान उपन्यासको जन्म वि.सं. २०५२ सालमा भयो । त्यसबेलासम्म नेपाली समाज आदिम युगमा जस्तै मनुस्मृति, रुढिवादी, अन्धविस्वासमा चलेको थियो—चलाउने थिए, कथित उच्चजात र धर्म । त्यसबेला नेपाली साहित्यमा जातीय भावना समेटने ‘खुला कन्सेप्ट’ थिएन । सबै शासनको डरले थिचिएका थिए ।
छ जना सहिद
चारैतिर सुनसान छ । गाडीहरूको आवाज पनि बन्द भइसकेको छ । रात गहिरिँदो छ । लेखक लेख्नमै मस्त छ । बिजुली छैन । पङ्खा घुम्दैन । इन्भटरको उज्यालोमा ऊ शब्द चुहाइरहेको छ । पसिनाले निथ्रुक्क भिजेको छ । लेख्ने धुनमा पसिना पुछ्ने फुर्सद पनि छैन । लेखिरहेको कापी पनि भिजिरहेको छ ।
त्यस कोठामा हावा पस्न मनाही छ । हावासँगै मच्छड पनि छिर्ने भएकाले ढोका नउघार्न चेतावनी दिएर श्रीमती रात्री विश्राममा छे ।
फाटेको गोजी (लघु कथा)
दशैं खर्च सहित तीन महिनाको तलब बुझ्दा बाटुले प्रसाद निकै दंग पर्यो । घरका सारा अभाव यस पटक टर्ने भए भन्दै हाकिमसँग आशिर्बाद लिएर बिदा हुन हाकिमको कोठामा पस्यो ।
हाकिमले सोध्यो, “तलब बुझ्यौ त बाटुलेप्रसाद ?”
“बुझें सर !” बाटुले मुस्कायो । “सर ! अष्टमीको दिन मेरो घरमा ज्यूनारको लागि पाऊ कष्ट गरी दिए मेरो घर पवित्र हुने थियो ।”
गल्तीबोध
चण्डीप्रसाद उमेरले सतरी काटेका व्यक्ति थिए । चण्डीप्रसादले आफ्ना छोराहरूलाई यसपाली माघेसक्रान्तिमा आफू पनि अरू गाउलेसित बराह क्षेत्रमा दर्शन गर्न जाने कुरा बताएका थिए । “आमा पनि जीवित छैनन्, जाउन् त बाउ,” भनेर साहिलो छोराले गोजीमा पैसा राखिदियो ।
गाउका बुढाबुढी, केही अधवैँशे, केही युवती र केटाकेटी गरेर दश बाह्र जना जति गए । धरानबाट चतरालाइनको बाटो हुँदै उनीहरू बराह मन्दिर परिसरमा पुगे ।
साहित्यिक यात्रामा लीला
किताप ‘साहित्यिक यात्रामा लीला’को सम्पादन भगवती अर्याल (पाण्डे)ले गर्नु भएको छ । प्रकाशन नारी साहित्य समाज नवल परासीले गरेकोछ । यो कृति आवरण सहित २३६पृष्ठको छ । यसको मूल्य २४५/– रु छ । यो किताव २०६७मा प्रकाशनमा आएको हो । प्रकाशकीय शीर्षकमा नारी साहित्य समाजकी अध्यक्ष कृष्णादेवी शर्मा(श्रेष्ठ) लेख्नु हुन्छ –
लेख तिमी आँफै मनका वेदनाहरू
फुलाऊ भावका गुच्छा बनेर पुस्पका तरु
गर अक्षरका खेती छ लीला शुभकामना
तिम्रा अक्षरमा लीला बोल्नेछन् राष्ट्र भावना

शुभकामना हजुरलाई यो वर्षको
बगाएर आशुँ कति बिते रातहरू
किन किन आज तिम्रो याद आयो ए परदेशी
शुक्लपक्ष रातको आज जूनले रुवाउँदैछ