Skip to content

ks

१३,२४६

  • by

पिठ्युँमा डोको भरी घाँस। एउटी केटी रोइरहेकी। मैले बहिनी किन रोएकी भनेर सोध्नै परेन। तिनले आफैं भनिन्, “गाउँका सबै साथीहरूलाई अपहरण गरेर लगे।”

कामरेड क्रान्ति

  • by

स्कूलको हाजिरी रजिष्टरमा मात्र हैन, सात कक्षाको मार्कसीटमै स्पष्ट लेखिएको थियो– हर्कबहादुर सार्की। र पनि, गाउँठाउँका ठकुरी राजासाबहरूको लागि ऊ सधैंको ‘डूम’।

गर्व

  • by

विश्व सम्मेलनको अन्तिम साँझ्, सात तारे होटलमा भव्य पार्टी। सधैं औपचारिक भाषण गर्ने राष्ट्रप्रमुखहरू मदिराको चुस्कीसँगै अनौपचारिकतामा पोखिंदा हलुङ्गो महसूस गर्दै छन्।

प्रधानमन्त्री आउने घार

  • by

प्रधानमन्त्री मेरो घरमा पाहुना आउने कुरा पार्टीकै एउटा बैठकमा सुनेको थिएँ। सुरक्षाका कारण यस्तो भ्रमण गोप्य राखिन्छ पनि भनिएको थियो।

20121024_DeshSubba_Lekh

पृथक उपन्यास ‘अपमान’ को तेस्रो संस्करण

  • by

खोइ मान्छेको स्वतन्त्रता, खोइ मान्छेको अधिकार ? कानुन एकातिर प्रयोग अर्कोतिर । देश एकातिर जातिहरू अर्कोतिर । यो कति असान्दर्भिक, कति बेमेल । भाषण अब्राहमन लिङकनको जस्तो प्रजातान्त्रिक व्यवहार कुनै हिटलरको जस्तो नाजी । त्यसैले ती सबै बेमेल, अन्याय, अत्याचारलाई समग्रमा मिलाएर मैले ‘अपमान’ भने र औपन्यासिकता दिन केही आधार विकास गरें ।

अपमान उपन्यासको जन्म वि.सं. २०५२ सालमा भयो । त्यसबेलासम्म नेपाली समाज आदिम युगमा जस्तै मनुस्मृति, रुढिवादी, अन्धविस्वासमा चलेको थियो—चलाउने थिए, कथित उच्चजात र धर्म । त्यसबेला नेपाली साहित्यमा जातीय भावना समेटने ‘खुला कन्सेप्ट’ थिएन । सबै शासनको डरले थिचिएका थिए ।

छ जना सहिद

  • by

चारैतिर सुनसान छ । गाडीहरूको आवाज पनि बन्द भइसकेको छ । रात गहिरिँदो छ । लेखक लेख्नमै मस्त छ । बिजुली छैन । पङ्खा घुम्दैन । इन्भटरको उज्यालोमा ऊ शब्द चुहाइरहेको छ । पसिनाले निथ्रुक्क भिजेको छ । लेख्ने धुनमा पसिना पुछ्ने फुर्सद पनि छैन । लेखिरहेको कापी पनि भिजिरहेको छ ।

त्यस कोठामा हावा पस्न मनाही छ । हावासँगै मच्छड पनि छिर्ने भएकाले ढोका नउघार्न चेतावनी दिएर श्रीमती रात्री विश्राममा छे ।

बगाएर आशुँ कति बिते रातहरू

बगाएर आशुँ कति बिते रातहरू
जोड्दा जोड्दै च्यातिएर छुटे साथहरू

रुन्न अब भनि बाचा गरेँ धेरै चोटी
आफ्नै मुटु टुक्रिइँदा सहेँ घातहरू

फाटेको गोजी (लघु कथा)

  • by

दशैं खर्च सहित तीन महिनाको तलब बुझ्दा बाटुले प्रसाद निकै दंग पर्यो । घरका सारा अभाव यस पटक टर्ने भए भन्दै हाकिमसँग आशिर्बाद लिएर बिदा हुन हाकिमको कोठामा पस्यो ।

हाकिमले सोध्यो, “तलब बुझ्यौ त बाटुलेप्रसाद ?”

“बुझें सर !” बाटुले मुस्कायो । “सर ! अष्टमीको दिन मेरो घरमा ज्यूनारको लागि पाऊ कष्ट गरी दिए मेरो घर पवित्र हुने थियो ।”

किन किन आज तिम्रो याद आयो

किन किन आज तिम्रो याद आयो ए परदेशी
आँखाभरि तिम्रो सुन्दर् बिम्ब छायो ए परदेशी

आँखाबाट बग्दै आयो तिम्रो याद शीत बनी
टप्प टिपी यो मुटुले प्रीत लायो ए परदेशी

गल्तीबोध

  • by

चण्डीप्रसाद उमेरले सतरी काटेका व्यक्ति थिए । चण्डीप्रसादले आफ्ना छोराहरूलाई यसपाली माघेसक्रान्तिमा आफू पनि अरू गाउलेसित बराह क्षेत्रमा दर्शन गर्न जाने कुरा बताएका थिए । “आमा पनि जीवित छैनन्, जाउन् त बाउ,” भनेर साहिलो छोराले गोजीमा पैसा राखिदियो ।

गाउका बुढाबुढी, केही अधवैँशे, केही युवती र केटाकेटी गरेर दश बाह्र जना जति गए । धरानबाट चतरालाइनको बाटो हुँदै उनीहरू बराह मन्दिर परिसरमा पुगे ।

शुक्लपक्ष रातको आज जूनले रुवाउँदैछ

शुक्लपक्ष रातको आज जूनले रुवाउँदैछ
आफैं टाढा हुँदा मंगल धूनले रुवाउँदैछ ।।

कमेरो र रातो माटो लाउँदै हुन्थें घरमा
बिरानो यो शहरको चूनले रुवाउँदैछ ।।

साहित्यिक यात्रामा लीला

  • by

किताप ‘साहित्यिक यात्रामा लीला’को सम्पादन भगवती अर्याल (पाण्डे)ले गर्नु भएको छ । प्रकाशन नारी साहित्य समाज नवल परासीले गरेकोछ । यो कृति आवरण सहित २३६पृष्ठको छ । यसको मूल्य २४५/– रु छ । यो किताव २०६७मा प्रकाशनमा आएको हो । प्रकाशकीय शीर्षकमा नारी साहित्य समाजकी अध्यक्ष कृष्णादेवी शर्मा(श्रेष्ठ) लेख्नु हुन्छ –

लेख तिमी आँफै मनका वेदनाहरू
फुलाऊ भावका गुच्छा बनेर पुस्पका तरु
गर अक्षरका खेती छ लीला शुभकामना
तिम्रा अक्षरमा लीला बोल्नेछन् राष्ट्र भावना