जीवनमा बाँच्न चाहिने कुरा कति छन्, कति ! देख्नु, भोग्नु र चिन्नुपर्ने कुरा पनि कति छन् कति ! तर, हामी त खालि आफ्नै वरपिरकिा अनुहारहरूले घेरएिका छौँ, आफ्नै वरपिरकिा ध्वनिले छेकिएका छौँ । हाम्रा दृष्टि, विचार, चिन्तन र सोच सबै स्वार्थका साना-साना ढिस् काहरूमा ठोक्किएर आफैँतिर आउँछन् । आफैँले बोलेको आवाज पनि अर्काले बोलेको जस्तो सुनिरहेका हुन्छौँ । सानो सोचमा, सानो घेरामा, सानो स्वार्थमा, सानो उचाइमा उभिएर अहंकारका ठूला स्वरहरू चिच्याइरहेछौँ । स्वार्थका पाइलाहरूले हाम्रो लक्ष्यको निर्धारण गर्छन् । हामी जता गइरहेका छौँ, त्यहाँ हाम्रा केही अदृश्य कामनाहरू जागि्रत भइरहेका छन् । प्रतिस्पर्धाको यस विषाक्त वर्तमानमा एक्लै एउटा उज्यालो आकाश हेर्छु भन्न मानिसले कहाँ पाउँदो छ ? चन्द्रमामा दाग देख्नेहरू, समुद्रमा लहर गन्नेहरू, जीवनमा आकाश उठ्ने सपनाहरू सबै अहम्का खुड्किलाहरू छाम्न व्यस् त छन् । दिनप्रतिदिन मर्दै गएका विश्वासहरूबीच जीवनलाई खोज्नेहरू आत्तिएको हात पाउ फालिरहेका छन् ।
बाँच्नु असजिलो छ भन्दै बाँचिरहेको छ जीवन तर बाँच्दाबाँच्दै पनि यो मर्छ क्षणक्षण । ठाउँ-ठाउँ अंगपतन भइरहेको सतीदेवीको लास बोकेर घुमिरहेका महादेवझैँ मतिभ्रमले ग्रस् त आजको मानवता विश्वासहरूको विचलनमा विक्षिप्त छ । एउटा-एउटा विश्वास, दिनदिनै खस् दै गइरहेको छ । आफ्नै विश्वास आफूबाट खस् दै गएकामा रमाउनेहरू पनि छन्, दुःखी हुनेहरू पनि छन् । पुराना विश्वासको पतन र नयाँ विश्वासको जन्मले समयलाई गतिशीलजस् तो बनाए पनि प्रत्येक विश्वास कालान्तरमा खस् ने पातहरू नै हुन् ।
आस् था भनेको जीवन बाँच्ने एउटा निजी, विश्वास हो । आफैँभित्र एउटा आफ्नो सजिलो विश्वास बनाएर मानिस अरूसामु उभिन जान्छ । अरूसामु आफूलाई उभ्याउँदा टेक्ने खुट्टा उसको विश्वास हो, जुन विश्वासले पाएको हुन्छ एउटा दह्रो नभासिने आस् थाको धर्ती । कस् तै भूकम्पहरूले पनि, कस् तै लाञ्छनाहरूले पनि, कस् तै विकृतिको ग्रस् तताले पनि, कहिल्यै नधमिलिने, नमर्ने, त्यही आस् था उसको बाँच्ने आधार हो । आएका अनेकौँ संकटका सामु उभिन सक्ने शक्ति त्यही आस् था हो । अरूले देख्ने नकाम विश्वास पनि आफ्नो निम्ति उघारो आकाश बन्छ । आफ्नो क्षितिज निर्दिष्ट लाग्छ आफ्नै आस् थाको उज्यालोले । आ-आफ्ना विश्वासहरू, जीवनको विविधताका सम्पूरक छन् । विविधतामा पाइने सांसारकि मनोरञ्जन आस् था र विश्वासका वैयक्तिक प्रस् तुतिहरू हुन् । तर, मर्दै, खस् तै र भत्किँदै जाने आस् थाहरूले आक्रान्त रहेको यो युग मानवइतिहासमै एउटा कहालीलाग्दो विम्ब बन्छ ।
आस् थालाई अहम्को हतियार बनाएर उभिएको अभिनय गर्नेहरू छिनछिनमा ढलिरहेका हुन्छन् पाइलैपिच्छे । अविचल आस् थाका कुरा गर्नेहरू र स् वच्छन्दताका विश्वासीहरू आ-आफ्ना बौद्धिकताको दासत्वमा सीमाबद्ध छन् तैपनि हरेकलाई आफू उभिएको धर्तीमा विश्वास छैन, बरू छिमेकीको बरन्डाको गमलाकै फूलको सुन्दरता तिनका आँखाभर िनाचिरहन्छ ।
कोही भन्छन् आस् था भन्नु आफैँमाथि उभिएको आफ्नो उपस् िथति हो, जसले प्रत्येक क्षण आफूलाई समयको धारमा रेटिरहन्छ र बजिरहन्छ जीवन एक संगीतबद्ध ध्वनिमा । कोही भन्छन्, आस् था गतिशील जीवनको विम्ब हो, जो निरन्तर समय र परििस् थतिको अनुकूलतासँग बगिरहन्छ अविदित आगततिर । अर्थै अर्थहरूको जंगलमा उभिएर प्रत्येक व्यक्ति एक नितान्त निजी अर्थसँग आफ्नो उपस् िथति जनाइरहन्छ ।
तर, के मानिस आफ्नै अस् ितत्वमाथिको प्रश्नचिन्ह मात्र होला त ? के यत्रो लामो यात्रा तय गरेर आएको मानवसभ्यताले आफ्नै निरन्तरतामाथि केवल प्रश्न मात्रै गरेको छ र ?
यहाँ लेखिएका यति विध्न इतिहासका ठेलीहरू, समाजशास् त्रीय सन्दर्भहरू, दर्शनका बहुआयामिक प्रस् तुतिहरू, के यी सबै कुराको कुनै अर्थ छैन र ? आज भत्किँदै गएको हरेक विश्वासका अघि हिजोको यात्राको कुनै अर्थ हुँदैन र ? समयकालमा हरेक कुराले अर्थको नयाँ रूप स् वीकार गर्छ तर आज नयाँ मानिएको त्यो सदाकालका लागि नयाँ भएको हुँदैन । पुरानो मानिएको र छोडिएको हिजोकै अर्थ फेर िपनि उत्तिकै शक्तिशाली भएर आधुनिक देखिन सक्छ ।
आज आफ्नै आस् था र विश्वासमाथि आफैँले गररिहेको बलात्कारको दृश्य पर्दामा हेरेर लज्जित भइरहेछ वर्तमान । हिजो जे भनेर वा सोचेर समयसँग संघर्ष गरएिको थियो, आज त्यही यात्रा कतै प्वाल परेको डुंगाझैँ परण्िात भइसकेको छ । आत्मबल समाप्त भएको शासकको निरीह अनुहारजस् तो वर्तमानमा उभिएर आज हरेक मानिस लज्जित छ, आफ्नै विगतसँग । हिजो सोचिएका विचार वा बोलिएका शब्दहरू आफैँतिर बुमेरांग भइरहेको दृश्य कहालीलाग्दो छ । किन आफ्नै पाइतालामा विश्वास नहुने गरी अकरलिो भीरमा उभिनु त मानिसले ? किन एकैछिन पछि नै सावित हुने कमजोरीका पक्षमा आफ्नै प्रतिष्ठालाई धितो राख्नु ? एकैछिन पनि उभिन नसक्ने विश्वासलाई भर पर्दो कीलो ठानेर किन झुन्डिनु त ?
आज सारा बुद्धिजीवी हुँ भन्नेहरूले शिरनत गरेको यस बेलामा, प्राज्ञिकताको घीनलाग्दो मानमर्दन भइरहेको यस बेलामा, आस् था र विश्वासको धरातललाई छाम्न खोज्नु मूर्खता हुन सक्छ । तैपनि, मलाई यस् तो लाग्छ, कुनै पनि बुद्धि यस् तो खोपडीमा नभरएिको राम्रो हुन्थ्यो, जो सधैँ अँध्यारो र साँघुरो कोठामा संसारको सीमालाई परभिाषित गररिहन्छ ।
सानासाना कुरामा ठूलाठूला अर्थ खोज्ने वा ठूलाठूला विषयमा अर्थै नभेट्ने जिद्दी र ‘काष्ठबुद्धि’का अघि निष्ठाका संवादहरू जहिले पनि हास् यास् पद हुन्छन् नै । तर, के निष्ठाले आज हार्यो, आज ढल्यो भन्दैमा त्यो सधैँलाई ढल्छ ? त्यसो हुने भए एउटै घाम यत्रो विगतदेखि सधैँ उही तरकिाले एकैतिरबाट कसरी झुल्किरहेको छ ? एकैतिर कसरी अस् ताइरहेको छ ? जतिसुकै उत्तरआधुनिक व्याख्याहरूले पनि प्रकृतिलाई अर्थ दिन सक्दैन । यसको सम्भावनाका अघि हरेक परभिाषाहरू रूढ बन्दै, ढल्दै गइरहन्छन् । तर, सदा प्रगतिशीलताको व्याख्याकार र ठेकेदार मानिएको विश्वास पो कति चाँड्चाँडै ढलिरहेको बाटबाटै ?
मैले बुझेको प्राज्ञिकताको अर्थ र उचाइका अघि भत्किँदो विश्वास र आस् था कहाँ पुगेर अडिएला Û सोचिरहेछु ।
भत्काएर रमाउने यस युगमा बाँच्ने अनेकौँ दृष्टिकोणहरू आज अलमल्लिएका छन् । विनिर्माणको वर्तमान युग आत्मदाही मनोरञ्जनमा संगीतबद्ध छ । समयले जस् तै बलवान हातहरूबाट पनि सत्ता खोस् छ । सत्ता खोस् ने पात्र स् वयं नायक होइन, त्यो त एक निश्चित अवधिका लागि उपयोग गरएिको कठपुतली हुन्छ, जसलाई नचाइरहने रासडोरी कहीँ अदेखमा कसैको औँलामा बेरएिको हुन्छ । तर, पात्र स् वयंले आफैँलाई नायक र निर्देशक ठानिरहनु उसको निजी विश्वास हो, जसलाई टेकी उसले सत्ता प्राप्त गरेको बुझ्छ ।
समयका कुनै विगतहरूले पनि कसैलाई सदाका लागि सत्ता सुम्पिएन । प्राप्त गर्ने कुनैले पनि त्यसलाई स् वतन्त्र भोग गर्न सकेन । आज निर्माण गरएिको घर भरेदेखि नै क्रमशः प्रारम्भ गर्न थाल्छ भत्किन । भत्किँदा-भत्किँदै त्यसले यो भन्न थालिसक्छ- सृष्टिमा सब चीज भत्किनलाई छ, नासिनलाई छ । नासिने यी हरेक तत्त्वहरूमाझ ननासिएर रहने पनि कति बाटाहरू होलान् । त्यसको खोज असम्भव छ ? हामीले जहाँ पुर्याएर हाम्रो विश्वास खडा गरेका छौँ, त्यसले हामीलाई ननासिने बाटोतिर डोहोर्याएको छैन भने हामी कसरी अमर आस् थाको धर्ती टेकिरहेका हुन्छौँ ?
जबसम्म अहंकार र स् वाभिमानका नाममा हामी द्वन्द्वरत देखिने छौँ- दर्शकले हाम्रो भूमिकाको उपसंहार पढिसकेको हुन्छ । आफ्नो हक खोज्ने सतीदेवीले आत्मदाह गर्दा, सतीदेवीको शरीरमै पूर्णताको भ्रम बोक्ने शिवले कुहेको लास काँधमा हाली संसार घुम्न पुगे । दिव्यदृष्टिले सम्पूर्ण चराचार देख्न, बुझ्न सक्ने शिवका आँखाहरू पनि जब मायाका अघि बन्द भए, उनले शरीरलाई नै सम्पूर्णता देखे । एक-एकवटा अंगहरू कुहिएर फ् यात्तफ्यात्ती खसिरहँदा पनि शिवको सतीदेवीमाथिको आस् था खस् न सकेन । प्रेम त त्यस् तो पो हुनुपर्छ, एक मान्यता छ । सारा नारीहरू आज शिवलाई पुज्छन् । तर, के प्रेम त्यस् तो हुनुपर्छ ? विश्वास, आस् था र जीवन हेर्ने दृष्टिकोण त्यस् तो हुनुपर्छ ?
जहाँजहाँ खस् दै गए, सतीदेवीका एक-एकवटा अंगहरू, त्यहीँ त्यहीँ ठूला-ठूला विश्वासहरू मन्दिर भएर उमि्रए । एउटा शरीरबाट छुट्टएिका अनेक अंगहरूले अनेक तीर्थहरू खडा भए । आस् था त, झन् विस् तारति हुँदोरहेछ । भत्किएको भनेकाले त झन् धेरै टुक्राहरूमा बनिँदो रहेछ । भत्किएको आस् था विकेन्दि्रत विश्वासमा बाँडिँदो रहेछ । तर, सिंगो मानिएको त्यो जब टुक्रिन्छ, खस् छ, कहीँ हराउँछ पनि, त्यसले एक जीवन, एक युग र एक वर्तमानलाई भने कति घायल बनाएर जान्छ ?
बनिन्छन् हरेक मान्यताहरू भत्किनलाई तर भत्किनु पनि एउटा बनिनु नै हो । बनिएको भत्किएर, भत्किनु जो बनिन्छ तर त्यसले कहिल्यै पनि त्यो आदर्श र उच्चता दिन सक्दैन । त्यसलाई नभत्किएर रहेको बनाइरहँदाको सुख र आनन्द भत्किएको विश्वाससँग कहाँ हुन्छ ? तर, भत्किएर सदा रहिरहनु सम्भव छ ?
आज म जीवनलाई जतै पनि विनिर्मित देख्छु, जतै पनि भत्किने प्रतिस् पर्धाले ग्रस् त देख्छु । भत्किन पाएकामा रमाउनेहरू, खुसी हुनेहरू, शरीरमा घाउ बोकेर उत्सव मनाउनेहरू, नयाँ सभ्यताको कुरा गररिहेको सुन्छु । धर्म, जाति, संस् कृति, परम्परा, भाषा, नातागोता, जीवनपद्धति, दर्शन, राजनीति सबैतिर पहिरो गइरहेको यस वर्तमानमा कतिकति लासहरू सनाखत हुन नसकी कुहिरहेका देख्छु, अचम्म लाग्छ । मान्छे कसरी यस् तो संवेदनहीन र विवेकशून्य हुँदै गइरहेछ ? सामूहिक बाँच्ने जीवनपद्धतिको आविष्कार गर्ने यसले आज नितान्त एक्लो उभिने अठोट कसरी गर्न सक्यो ? अरू मारी आफू बाँच्ने युद्ध लडेकाहरूले आफूलाई बाँचेको देख्न पनि अरूहरू बाँचेको हुनुपर्छ भन्ने कसरी बिर्सिएको छ ? नितान्त एक्लो आफू मात्र त कसरी बाँचेको हुन्छ र ? ‘तँ छस्’ भन्ने अर्काे नभएसम्म ‘म छु’ भन्ने ध्वनि नै कसरी उत्पन्न हुन्छ ?
भत्किएका विश्वासहरू रुँदैरुँदै एक-एकवटा टिपेर, फेर िकतिपल्ट जोड्यो मानवसभ्यताले विगतमा । एकछिनलाई भत्काउनुको आनन्द अर्कै भए पनि तर भत्किसकेपछि त्यसबाट उत्पन्न हुने कठिनाइहरू र अप्ठ्याराहरू पार गर्न कहाँ सजिलो छ ? जति नै पुरानो र अव्यावहारकि भए पनि के मानिसले आफ्नो शरीरलाई खुसीले त्याग्न सक्छ ? त्याग्नुहुन्छ ?
आस् था र विश्वासको उज्यालो मधुरो भए पनि त्यो अलाउद्दीनको बत्ती हो, त्यसलाई घोटेर चम्काउन खोज्यो भने अथाह शक्ति पैदा हुन्छ, जसको मद्दतले हामी कठिनाइका सबै तिलस् मीहरू नाघी सक्नेछौँ ।
जीवनलाई आस् था र विश्वासको धरातलबाट खसाउन सकिँदैन, खसेपछि उठाउन पनि सकिँदैन । उठ्न नसक्ने गरी किन खस् नु ? एउटा जीवनलाई सदा निरास, कमजोर, नकारात्मक बनाएर किन बिताउनु ?
उज्यालोतिर बढ्ने धेरै बाटाहरू छन् । अँध्यारो त्याग्न सकियो भने रामको रसिले हनुमानकै काँध चढे पनि पुगिने अयोध्या नै हो ।
