असोज १५ मै कार्यक्रम गर्ने भनी भाइ ठाकुर बेलवासेले निम्ता दिनुभएको थियो । बैरागी काइलाको एकल कविता वाचन कार्यक्रम पहिलोपल्ट हुन लागिरहेको थियो काठमाडौंमा । आरोहण गुरुकुल र र्सवदा वाङ्मय प्रतिष्ठानको प्रयत्नमा हुन लागेको कार्यक्रम । काइलाको ठूलो फोटोसहित प्रचार सामग्री टागिएको थियो गुरुकुलमा । ‘खै भाइहरूले कविता पढ्नुपर्छ भनेका छन्, सकिने हो कि होइन’ भन्दै हुनुहुन्थ्यो बैरागी दाइ ।

नभन्दै असोज पहिलो साता उहा नाथ्री फुट्ने रोगले थला पर्नुभयो । राति एघार बजेतिर भाउज्यूको फोन आयो- ‘कृष्ण भाइ दाजुको नाकमुखबाट रगत आयो, ओम हस्पिटलमा ल्याएको छ, दाजुले खोजिरहनुभएको छ । हतार-हतार भाइ दुवसु र म अस्पताल पुग्यौं । दाइको अवस्था गम्भीर थियो । डाक्टर उपचारमा भिडेका थिए । राति एक बजेतिर क्याबिनमा पुर्‍याइयो । नाकमा रुवा खा“देर पट्टी बाधेको थियो, मुखले मात्र सास फेन सकिन्थ्यो । त्यस्तो बेला पनि उहा भनिरहनु भएको थियो- ‘१५ गतेलाई भाइहरूले कार्यक्रम राखेका छन्, आफूलाई यस्तो भयो, त्यति बेलासम्म ठीक होला कि नहोला । त्यो कार्यक्रमलाई बैरागी दाइले निकै महत्त्व दिनुभएको थियो । धेरै वर्षछि उहा“ कविता पाठ गर्ने मानसिकतामा पुग्नुभएको थियो । हामीले भन्यौं- ‘तपाईंलाई सञ्चो भएपछि कार्यक्रम गरौंला । दिनदिनै झन्झन् सिकिस्त भएर विशेष सघनकक्षमै राख्नुपर्‍यो कति दिनसम्म । दसैंतिहार बिसञ्चोमै गयो काल्दाइको । कार्यक्रम पुस १५ लाई सारियो । तीन बजे पुगेको थिए“ म गुरुकुलमा । चार बजे सुरु हुने भनिए पनि समयभन्दा अघि श्रोता आउने क्रम बढेको थियो । कविता सुन्न, त्यो पनि टिकट काटेर कति मानिस आउलान् र भन्ने लागेको थियो तर हेदाहेर्दै गुरुकुलको प्राङ्गण भरियो । बैरागी दाइ सञ्चो भए पनि बलियो हुनुहुन्नथ्यो । तर जोसिलो हुनुहुन्थ्यो, हसिलो पनि । मञ्जुल दाइ र मैले उहालाई कविता छान्न केहीबेर सघायौं । कौतुहलता थियो धेरैलाई । कस्तो सुनिएला काइ“लाको वाचन । ‘बैरागी काइला’ एउटा बिम्ब बनेको छ कविता क्षेत्रमा । तेस्रो आयाम आन्दोलनका एक सशक्त कवि, जसका कविताले प्रयोगवादी नेपाली कविताको धुरी उचालेको छ । सशक्त चिन्तन र प्रस्तुतिले पैंतालीस वर्षेखि लगातार उत्तिकै चर्चा पाइरहेका काइला आफैं कविता वाचन गर्न यो उन्सत्तरी वर्षो उमेरमा उपस्थित हुनुभएको थियो । नबुझिने, दुर्बोध्य र क्लिष्ट कविका रूपमा परिचित बैरागी र उहाका कवितालाई सुन्न उर्लेको थियो भीड । फेरि बैरागी दाइले ०३१ मा छापिएको ‘गंगा नीलो बग्छु’ पछि लगभग कविता लेख्नुभएकै थिएन । केही वर्षघि उहाले भन्नुभएको थियो- एउटा कविता धेरै वर्षेखि लेख्न थालेको सोह्र लाइन भएको छ, त्यसलाई पूरा गर्न सकेको छैन । आयाम सिद्धान्तका चार कविता- ‘गंगा नीलो बग्छु, ब्रेलमा हत्केला छामेर, म, म लगातार निर्वासन’ मा अरू दुइटा जति थपेर एउटा किताब बनाउ भनेको सकेको छुइन“ । यस्ता कवि जोसिएर कविता वाचनमा आउनुभएको थियो । त्यसो त २०२० सालमा –
ए सडक हो
एउटा मानिस तिमीमाथि हिंड्दैछ
म अटाइन तिम्रो फैलावटमा
यर्सथ म हुकुम गर्छु….
अझै तिमीहरू फाटिदेऊ, च्यातिइदेऊ, फैलिइदेऊ
तिम्रो फैलावटको सीमामाथि अतिक्रमण गर्न
प्रतिक्षण इतिहास बनिरहेका क्षणसित
यी ठूलठूला विल्डिङका पेटीहरू
मात्र कोतपर्वका विजेताका
मात्र शासन गर्ने परिवारका
प्रशस्ती र वंशावली लेखिएका इतिहासका नाङ्गा पन्नाजस्ता
यी पेटीहरूलाई
मुटुदेखि मस्तिष्कसम्म चिरिने गरेर
तिमीले च्यातिदेऊ, फाटिदेऊ
(मातेको मान्छे)
भन्दै उर्लेका काइला ०६२ मा पनि काठमाडौंका सडकमा आन्दोलन गर्दै हुनुहुन्थ्यो । क्रान्तिचेतले भरिएको आन्दोलित मानसिकताको बिम्ब हो बैरागी काइला । प्रजातन्त्र र स्वतन्त्रताका पक्षमा सधै सडकमा देखिने यो नामसग कविताको सम्बन्ध भिन्दै छ जस्तो लाग्छ । नेपाली कवितामा भूपी, बैरागी यस्ता नाम हुन्, जसलाई सम्झेर कविता लेख्ने रहर गर्छन् नया कवि । खचाखच भरिएको थियो गुरुकुलको हल । काइलालाई एउटा व्यास आसनमा राखी बसीबसी वाचन गर्न भनिए पनि उहाले उभिएर पोर्डियमबाटै वाचन गर्न चाहनुभयो । सुरुमै रमाइलो गर्नु’भो उहाले- ‘सुरक्षाको के कस्तो प्रबन्ध गरेका छन् आयोजक भाइहरूले । कस्तो नै कविता सुनाउला भनी सोचेका श्रोता मेरो कविता सुनेर भड्के भने…।’ लामो हासो भरियो हलभरि । कहिले चस्मा लगाउदै, कहिले चस्मा झिक्दै बैरागी दाइले थाल्नु भो कविता पढ्न । ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित, अस्तित्वको दाबीमा सवातको बैला उत्सव र प्लान्चेटको टेबल’ । यी सबै कविता काइलाका अत्यन्त चर्चित र बौद्धिक हुन् । बीसको दशकका यी कविताले आजसम्म नेपाली कविताको बौद्धिकताको नेतृत्व गरिरहेकै छन् । रोकिदै, बढ्दै जब बैरागीले वाचनलाई अगाडि बढाउनुभयो, श्रोता अत्यन्त एकाग्र भएर ध्यानस्थ जस्ता लाग्थे । त्यस्ता अप्ठ्यारा र नबुझिने भनिएका काइलाका कविता उहाले पढ्दा सप्पै बुझिए जस्तो भान भयो सबैलाई । लगातार लामा कविता पढिरहनु स्वास्थ्यका कारणले गाह्रो थियो । फेरि पनि एकाएक नाथ्री फुटिहाल्ला कि भन्ने मनोवैज्ञानिक त्रास छदै थियो । अलिक धेरैबेर बोले नाक खसखसाउन थाल्छ भन्दै हुनुहुन्थ्यो उहा“ । मञ्जुल, शलभ, विष्णुविभु घिमिरे र मैले उहाका केही कविता वाचनमा सहयोग गरेका थियौं । मञ्जुल दाइले काल्दाइका प्रेममय कवितालाई साह्रै आकर्ष पाराले वाचन गर्नुभयो । ती कविता सुन्दा काल्दाइ पनि बुढेसकालमा लजाउदै गरेको देख्थे श्रोता र त्यहा हासो छरिन्थ्यो । बैरागी दाइले श्रोतालाई अन्तिममा धेरै खुसी तुल्याउनुभयो, उहाले नया कविता ल्याउनुभएको थियो । सम्भवतः ३० वर्षछि उहाले दुइटा कविता लेख्नुभएको थियो । मृत्युको धेरै नजिक पुगेको बोध गर्नुभएको थियो यसपालि दाइले । यस्तै बोध झन्डै २० वर्षघि पनि गर्नुभएको थियो यस्तै नाथ्री फुट्दा । त्योभन्दा अघि दार्जिलिङमा विद्यार्थी छदै टीबी रोगले ग्रस्त भई झन्डै मरिसक्नुभएको थियो । र, अस्पतालमै लेख्नुभएको थियो ‘एकान्तको अजींगार’ । यसपालि पनि बिरामी ओच्छ्यानबाट उठेपछि लगातार दुइटा कविता लेख्नुभएछ- ‘बाकी प्रश्न’ र ‘शरणार्थी विचार र मालिगाउको चितुवा’ । यी कविताले श्रोतालाई झन् धेरै विचारोत्तेजित गराए । ढिलै गरी लेखिए पनि कविताहरू बैरागीको बिम्ब उचाल्न सक्षम थिए । प्रत्येक महिनाको पन्ध्र गते गुरुकुलमा एक कविको एकल कविता वाचन कार्यक्रम हुने भएको छ । त्यसको शुभारम्भ काइलाको कविताबाट भएको छ । यसलाई निरन्तरता दिनसक्दा कविता पनि शुल्क तिरेर सुनिने विषय बन्न सक्ने परम्परा बसे साहित्यको निःशुल्कीयता समाप्त हुदै जान्थ्यो कि काइलाबाट थालिएको वाचनयात्राले कवितालाई पाठक र श्रोता बीच पुर्‍याउन पक्कै महत्त्वपूण्ा योगदान दिनसक्ने आशा लागेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *