१
देश जल्यो, अहिले झोसे राँको पहिले
मातृभूमि नेपाल, रोको देख्छु जहिले
खाए हन्डर
जेठ १४ मा बिधान बन्छ र ?
२
भेडी गोठ बनाए, दाना त्यतै खन्याए
नेपालीको आँशुमा, खुबै मस्ती मनाए
जन्ता रुवाइ
हुन्न नेता कसै भलाइ ?
३
यस्तै चाला हो भने, देशै जल्छ के गर्ने
भन्दौ बरु आँटले, हामी काम नगर्ने
अब हामीले
संबिधान लेख्छौ खुनले ?
४
दाना पनि फरक्क, फिर्ता गर सरक्क
नत्र भने अब चै, रुनू पर्ला तरक्क
जन्ता साराले
मुटु रोप्छौ तातो भालाले ?
तिर्थ”यात्री”पौडेल
