म सम्झनामा तापेर अचेल सुकाउँदैछु परेली
आँशुको खहरे रोक्नलाई उठाउँदैछु परेली ।
उनी आँउदा हर रात स्पर्शले सेक्न यो तन
भिजेका सम्झनाहरू मेटाउन लुकाउँदैछु परेली।
लुकामारीमा मदमस्त सपनाहरू फुलाएर रातमा
एकपल चिहाएर सुहागरात दुखाउँदैछु परेली ।
यौवनको उकालीमा शेरेर आफ्नै इच्छाको गला
राम बन्ने लालसामा मैले सुसाउँदैछु परेली ।
उनका चाहनाका बहीखाताहरू हेर्दै र पन्छाउदै
आफ्ना चाहनाहरूको अन्त्येष्ठीमा डुबाउँदैछु परेली।
तिर्थ’यात्री”पौडेल
बहराइन
