बेंसी फुल्यो लालुपाते, लेकै गुँरास
किन किन यो मनमा लाग्छ उराड
मन बुझाऊँ कसरी
यो मनमा सम्झना
आई रहन्छ झल्झली ।
सम्झनामा आउछ गाँउकै पाखा पखेरी
बालपनका संगीहरू च्यान्टी चमेली
मन बुझाऊँ कसरी
यो मनमा सम्झना
आई रहन्छ झल्झली ।
घाँस, दाउरा, मेला पात गाई गोठालो
बिर्से होला मोरीहरूले छुटया एक जुग भो
मन बुझाऊँ कसरी
यो मनमा सम्झना
आई रहन्छ झल्झली ।
सम्झनामा देश आउँछ, आउँछ हिमाल
चमेलीले देएकी चिनो जाले रुमाल
मन बुझाऊँ कसरी
यो मनमा सम्झना
आई रहन्छ झल्झली ।
घाँस, दाउरा रमितेको, माटो घुमाउनेको
चमेलिले आस गर्दी हो चिनो के लानु हो
मन बुझाऊँ कसरी
यो मनमा सम्झना
आई रहन्छ झल्झली ।
डण्डीबियो र गुच्चा खेल्ने साथी साङ्गे, कुले
याद आउछ मलाइ अझ्झै, उनीहरूले भुले
मन बुझाऊँ कसरी
यो मनमा सम्झना
आई रहन्छ झल्झली ।
मानेडाँडा बर पिपलको चौतारीमा बसी
ओठ टोकी चमेलिले हेर्थी थोरै हाँसी
मन बुझाऊँ कसरी
यो मनमा सम्झना
आई रहन्छ झल्झली ।
मन पुग्छ रातै दिन गाउँ घर पाखामा
झन्न सम्झ्यो रुन्छ मन आँसु आँखामा
मन बुझाऊँ कसरी
यो मनमा सम्झना
आई रहन्छ झल्झली ।
तिर्थ”यात्री’पौडेल
