Skip to content

आज पनि सम्झनामा टोलाएछु रातैभरि

  • by


आज पनि सम्झनामा टोलाएछु रातैभरि
बर्बराउँदै सपनामा बोलाएछु रातैभरि ।

तिमी छौ र यो ढुक ढुकी चलेको छ हेर
तिम्रो माया कल्पनामा तोलाएछु रातैभरि।

छामछुम दुवैतिर भित्तो अनि रित्तो पाए
कति मिठो भावनामा लोलाएछु रातैभरि।

लाउँछौ कि भनी कुरे तिमी आई अंगालोमा
मनका इच्छा चाहनामा खोलाएछु रातैभरि ।

मन्को धड्कन बढ्यो अनि चाह भयो फेरि
कोमल मुटु बाहानामा पोलाएछु रातैभरि ।

तिर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा
हाल:बहराइन
१९/३/२०१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *