Skip to content

नयाँ बर्ष यसपाली चै बिधान लिई आऊ

  • by


नयाँ बर्ष यसपाली चै बिधान लिई आऊ
गरिबका समस्याको निधान लिई आऊ ।

रक्तिम किरण पूर्वतिर सधै जगमगाउने
बुकुरामा सुभासिलो बिहान लिई आऊ ।

मानब मनका कुविचार,कुभावाना फ्याकी
आपसमा सँगै बस्ने मिलान लिई आऊ ।

भ्रष्टचारी, अत्याचारी, घुसखोरी खोजी
निमिट्यान पर्ने एउटा चिहान लिई आऊ ।

तिर्थ”यात्री”पौडेल

संसारका कुना कुना रहनु हुने समस्त नेपाली मनहरूमा नयाबर्ष २०६९को हार्दिक मंगलमय शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *