दर्दमिश्रित मुस्कन
आमा बन्दको शुखानुभूति
विर्य र डिम्बको फैसला
नौ महिने काराबास
र संयुक्त इज्लासले
दिएको उन्मुक्ति शिरोधार्य गर्दै
धर्ती आगमनमा रुँदै
मैले अभिस्पत जीवन यात्रा
श्रीगणेश गरेको थिए,
धर्ति स्पर्शमा यस मानेमा रोएको थिए
अभावमा, वात्सल्य, बिलाप
प्रेम वियोग, सन्तान स्पर्श बिमुख
सहनु पर्छ भनेर
जीवनका उकाली ओरालीमा
भेटिएका देउरालीमा
पुष्प पल्लब अर्पिएर
अमरत्वको कामना गर्दै,
कैयन अभयवहरू पार गरी
आफ्ना पराई हुँदाको पीडा
पराई आफ्ना हुँदाको सुखानुभूति
दु:खका स्थाई मित्रहरू
सुखका पाहुनाहरूलाई
स-मिश्रण गरी
मन्थन गर्दै अमृत निकाल्ने बहानामा
म अचेल,
बिल्कुल एकांकी यात्रा तय गएको छु
अनन्तको यात्रामा यात्रारत जीवन,
बाटामा भेटिएका बटुवाहरूको
त्रासदी खेप्दै, छल्दै, तर्कदै
अनि भाग्दै,
मानवीय दानवहरूको भीडमा
बोधिसत्व भन्ने बहानामा
संसारिक जीवनको बाटो बदल्दै
बशिष्टवादको उकालोमा
अप्सराहरूको ताण्डब नृत्यले
दिग्भ्रमित भन्दै,
हिंस्रक पशु-मानवको क्रुरताबाट बच्न
मानवताको खोल ओडेर
म अचेल ठेल्दैछु जीवरुपी रथ
कहिले मृत्यु उत्सवको
समुद्घातानको झन्डोतलनमा
रमाउँदै,
हुस्की चुस्कीको चियर्समा
डरपोकहरूसँग कहिले
त कहिले कालजयीहरूसँग
निमग्न जीवन यात्रामा
आँशुमा खहरेहरूमा
रुज्दै, भिज्दै रमाउदै
अनि पौडिँदै,
छातीमा पन्चाग्नी बालेर
स्वार्थको बलिबेदीमा
आहुति गर्दै आफैलाई
बढाउदैछु जीवन यात्रा ।
तिर्थ “यात्री” पौडेल
हाल : बहराइन
