आफ्नो छाती चुसाएर फकाएर आमा
मेला पात गर्थ्यौ तिमी छकाएर आमा ।
रमिते र सल्लेरीमा घाँस दाउरा गर्दै
सुठो पिठो खुवाउथ्यौ पकाएर आमा ।
अभावको गाँउले जीवन गाँस काटी
उभारेर खान दिन्थ्यौ तताएर आमा ।
दुनियाँको नजरबाट बचाएर तिम्ले
ठुलो पर्यौ गाजल टिको लगाएर आमा ।
तिम्रो ऋण दुधको भारा चुकाउन बरै
फर्की आउछु दुई साल यता कटाएर आमा ।
तिर्थ”यात्री”पौडेल
“बिशेष आमामा अर्पित, आमाको मुख हेर्ने दिनमा बिसेष उपहार”
