कति रोए मन्दिरमा ढुंगा इश्वर हुन्थ्यो भने
पीडा कमी हुने थियो उस्ले पुकार सुन्थ्यो भने ।
ठगी खाने बहानामा मन्दिर, मस्जित, चैत्य बने
बन्द हुन्थो धार्मिक युद्ध, धर्मिकताले उन्थ्यो भने ।
कसाई हुन कि पुजारी हुन मन्दिरका रक्षक ती
पशु बली रोक्थे होला तिन्को मुटु छुन्थ्यो भने ।
चाड पर्ब रीति रिवाज विभेदका पिण्ड भए
सद्भावको फूल फुल्थो मनले असल गुन्थ्यो भने ।
तिनै चाडले मानिसमा उपल्लो र तल्लो तोक्यो
अन्त्य हुन्थ्यो विभेद त्यो असल खराब चुन्थ्यो भने।
धर्म भन्दै मुर्ती पुज्ने अन्धा अनि बैरा हुन सब
कति सुन्दर हुन्थो समाज धर्मले मन धुन्थ्यो भने।
तिर्थ”यात्री”पौडेल
हाल-बहराइन।
