एउटा फूल तिम्रै नाममा चढाऊँ कि सानु
आरतीमा पन्च बत्ती बढाऊँ कि सानु ।
पूजा गरी तिमीलाई मनको अक्षताले
स्वस्ति शान्ति गर्न बाहुन पढाऊँ कि सानु।
भजन किर्तन गरौँ कि त तिम्रो फोटो राखी
जय-जयकार गरी अब कराऊँ कि सानु ।
एकान्तमा समाधिलाई तिम्रै नाम जपी
निमग्न भई बृन्दाबनमा हराऊँ कि सानु ।
तिर्थ’यात्री”पौडेल
