Skip to content

तिम्रै यादमा तड्पिएर बसेको छु

  • by


तिम्रै यादमा तड्पिएर बसेको छु यतिखेर
सम्झनामा आँखाबाट खसेको छु यतिखेर ।

तिमी आउछौ सपनाको बाटो बिराएर
सपनीमै त्यो दिलमा पसेको छु यतिखेर ।

सक्छौ राख दिल भित्रै पिंजडाको सुगासरी
तिम्रो फोटो अंगालोमा कसेको छु यतिखेर ।

तिमी आउछौ चलाउछौ स्मृतिको मिठो पल
स्मृतिमा मैले तिम्लाई डसेको छु यतिखेर ।

कस्तो हान्यौ मायाजाल मृगतृष्णा बोकी
मायाजालमा माछी भई फसेको छु यतिखेर ।

तिर्थ”यात्री”पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *