आफ्नै मनको चित्ता, जलाएर मुटु
फर्कँदैछु आज गलाएर मुटु ।
झोसेर दागबत्ती, उठाएर कफन
ताप्दैछु म आगो, डडाएर मुटु ।
अर्पेर यी आँशु, बनाई समाधि
बिन्ती ए हजूर चडाएर मुटु ।
म शान्ति चाहन्छु, बरु मैन भन्छु
उज्यालो दुनियाँ, बलाएर मुटु ।
तिर्थ”यात्री”पौडेल
