दु:ख सुख बाडौ भने खुशी सारा मागिन नि
खोले भाँडो बाँडी खाउँला जून तारा मागिन नि ।
मुस्कुराए सामु पर्दा म त जून मानिदिन्छु
किन रुन्छौ सुक्क सुक्क आँशु धारा मागिन नि ।
न्यानो तिम्रो स्पर्ष देउ सँग बसी छोई देऊ न
गाजलु ती नयनमा फेवा रारा मागिन नि ।
माया गरी ती बाहुले अंगालोमा बेर मलाई
प्रीत वर्षा गरे पुग्छ सस्तो नारा मागिन नि ।
तिर्थ’यात्री”पौडेल
११/३/२०१२
