आँखाभित्र नानी बनी बस्न पाए हुन्थो
थाहै नदिई उनको दिलमा पस्न पाए हुन्थो ।
सुनसानमा बाँचेको छु, रित्तिएर आफैबाट
जून भई मन संघारमा खस्न पाए हुन्थो ।
देउरालीलाई साक्षी राखी खाको वाचा कसम
सम्झी उनलाई अँगालो कस्न पाए हुन्थो ।
प्रभातको स्वागतमा, गोधुलीलाई पठाई
रक्त किरण लालीमाले डस्न पाए हुन्थो ।
एकाकार गरी अधर छामी उनका अंग
ममताले प्रीत रंग घस्न पाए हुन्थो ।
तिर्थ”यात्री”पौडेल
