Skip to content

संघीयताको आगो देशमा बलेपछि

  • by


संघीयताको आगो देशमा बलेपछि थाहा पायौ
खण्ड अनि अखण्ड भई लडेपछि थाहा पायौ ।

गाउँ बस्ती बुकुरामा अधिकारका कुरा गर्यौ
अधिकार खातिर देशै जलेपछि थाहा पायौ ।

नेता तिमीले जनतालाई लडाएछौ आपसमा
होस खुली बिरुद्धमा बढेपछि थाहा पायौ ।

भालुको कान भएको छ संघीयता तिम्लाई
जनतामा राजनीति चेत गडेपछि थाहा पायौ ।

किन छर्यौ हक, हित, अधिकारको बिऊ पहिले
बिरुवा उम्री, हुर्की थाँक्रो चढेपछि थाहा पायौ ।

तिर्थ”यात्री”पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *