Skip to content

नववर्ष २०७०


सूर्य जून ताराहरूले उज्यालो छरी
हाम्रो भूमिमा ल्याए नववर्ष २०७०
विदेशदेखि गोडाहरू समुद्र तरी
लौ आए मनाउन नववर्ष २०७०

हुन्छन् विवेकी हुन्नन् भ्रष्टाचारी
असल सोच देऊ नववर्ष २०७०
डुबाउदैनन् देश कालोधन्दाले व्यापारी
लेनदेन सुपथ बनाऊ नववर्ष २०७०

हुन्छन् दयावान हुदैनन् अत्याचारी
शुद्ध आत्मा देऊ नववर्ष २०७०
हटाइदेऊ लोभलालच कमिशनको भारी
कर्ममा विश्वास दिलाऊ नववर्ष २०७०

संपूर्ण नेपाली मनमा प्रेम-सुधा भरी
शहर गाउँ आँगन आयो नववर्ष २०७०
सुख समृद्धि होस् देशले प्रगति गरी
बाँडिरहन्छ शुभ-कामना नववर्ष २०७०

इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *