जब म रुन्छु सहारा मलाई उसको
खुशीको चम्किलो तारा मलाई उसको
धेरै प्रयासले उसले हसाउने
मुस्कानै मुस्कानमा मलाई फसाउने
कति आन्नद लाग्ने नजिक आउँदा
मुटुको धड्कनले मलाई बोलाउँदा
इच्छा गरे जस्तै धेरै माया दिँदा
सुर्ता बिसेक भए रमाएर छुँदा
जुनको मधुरो किरण संगसँगै बगी
दु:ख आँशु नभएको ठाउँमा लगी
कानेखुशी गर्दै मिठा कुरा छर्ने
मेरो मन भरी उसले हर्ष भर्ने
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर
लस् एन्जेलस्
