हिजो म्याउँम्याउँ गर्ने त भयो
मलाई पनि पद चाहियो
पदमा बस्नेलाई हुने
खुशीको गद गद चाहियो
तपाईँहरूभन्दा छुट्टै माथि
आसन गर्न मन लाग्यो
माइकमा मुख बंग्याई बंग्याई
भाषण गर्न मन लाग्यो
कुखुराकै संगठन खोलेर भएनी
कुखुरे नेता हुन पाए हुन्थ्यो
तपाईँहरूकै सहयोग र चन्दाले
उडी आकाश छुन पाए हुन्थ्यो
टिकट मात्र किन्दै जानुस
कार्यक्रम हजार ल्याउँला
मंत्री मात्रको के कुरो
मंत्रालय नै यहाँ ल्याउँला
अमेरिकाका नेपाली हाँक्न
मलाई पनि पद चाहियो
दश औँले नमस्ते खाँदा हुने
खुशीको गद गद चाहियो ।।
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर
लस् एन्जेलस्
