म आउँदैछु तिम्रो शहरमा
सधैँ सोच्ने सपनाको रहरमा
फूलहरूको रङ्ग छुँदै
बास्नासँग गम्केर
ताराहरूको सङ्ग हुँदै
उज्यालिइ चम्केर
म आउँदैछु तिम्रो शहरमा
सधैँ सोच्ने सपनाको रहरमा
रमाइरहेछ मेरो दिल
रमिरह्यो यो मौसम
कल्पना मीठो हरपल
माया फिँजाई हरदम
म आउँदैछु तिम्रो शहरमा
सधैँ सोच्ने सपनाको रहरमा
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर
लस् एन्जेलस्
