Skip to content

भएर पनि के हुन्छ र राष्ट्रिय सहमतिको सरकार


कहिले मनमा जे गर्न मन लाग्यो त्यही गर्ने
मनमतिको सरकार
कहिले धमाधम महल, पजेरो र सुरक्षागार्ड ठड्याउने
धनमतिको सरकार
कहिले श्रीमतीको भएभरको मनोकांक्षा पुरा गरिदिने
श्रीमतीको पतिको सरकार
अनि भएर पनि के हुन्छ र ?
राष्ट्रिय सहमतिको सरकार

कहिले देशलाई खण्ड खण्ड पारेर टुक्र्याउन खोज्ने
कुनै जातीको सरकार
कहिले पसिना रगत बगाउनेलाई दबाउने लत्याउने
विकासनिर्माण क्षतिको सरकार
कहिले जनताको गरिबी, भोक, अभाव, अशिक्षा भरिएको
जन खतिको सरकार
अनि भएर पनि के हुन्छ र ?
राष्ट्रिय सहमतिको सरकार

कहिले मारकाट हत्या हिंसा गर्ने
भगवतीको सरकार
कहिले देशविदेश रेष्टुरेण्टबार डान्समा रमाउने
छनमतिको सरकार
कहिले रेड लेबल र ब्लाक लेबलको दहमा डुबेको
मन्दगतिको सरकार
अनि भएर पनि के हुन्छ र ?
राष्ट्रिय सहमतिको सरकार

इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *