Skip to content

होटेलमा साँप्रा टोक्दै


होटेलमा साँप्रा टोक्दै संविधान बनाउने कुरा जस्तो
एकदुई पेग लगाएपछि त योजना सितन कुखुरा जस्तो

ती नै नेता र पछ्यौटेहरू मेची महाकाली चुसिरहने
नेपालीको पसिना र अवसर काट्ने धारिलो छुरा जस्तो

कहिले चिप्लाउने बोलीले कहिले रिसको गोलीले
च्वास च्वास घोचिरहने फुटेको काँचको चुरा जस्तो

आधार छैन जमिनमा एकैचोटि पुगे आकाशमा
भोजमोज वरिपरि कार्यपालिका नै सुन्दरी सुरा जस्तो

इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *