Skip to content

हरियो हुनै नपाई


हरियो हुनै नपाई पातले झर्नै पर्ने
हरियो हुनै नपाई पातले झर्नै पर्ने
अँझ कति यो जिन्दगीले यहाँ
अँझ कति यो जिन्दगीले यहाँ
सम्झौता गर्नै पर्ने
हरियो हुनै नपाई पातले झर्नै पर्ने

आफ्नोलाई आफ्नो ठानी नजिक जाउँभन्दा
आफ्नोलाई आफ्नो ठानी नजिक जाउँभन्दा
धोका पाई चित्त दु:खाई
धोका पाई चित्त दु:खाई
पर सरेर जानै पर्ने

हरियो हुनै नपाई पातले झर्नै पर्ने
अँझ कति यो जिन्दगीले यहाँ सम्झौता गर्नै पर्ने

आफू भित्रै खोजेँ यहाँ जिन्दगीको खुशी
आफू भित्रै खोजेँ यहाँ जिन्दगीको खुशी
त्यही खुशी मागी आउनेलाई
त्यही खुशी मागी आउनेलाई
मन खोली दिनै पर्ने

हरियो हुनै नपाई पातले झर्नै पर्ने
हरियो हुनै नपाई पातले झर्नै पर्ने
अँझ कति यो जिन्दगीले यहाँ
अँझ कति यो जिन्दगीले यहाँ
सम्झौता गर्नै पर्ने
हरियो हुनै नपाई पातले झर्नै पर्ने

इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *