एकातिर फोहर माकुराको जाल
अर्कोतिर फोहरी नेताको जाल
उम्कन नसक्नेको साह्रै बेहाल
उम्कन सक्ने नअटेको नेपाल
कोशी कर्णालीबाट कमिशनको र्याल
भेटेजति सोर्छन् बनेर छाल
खाने कुरोमा दल दलको एउटै थाल
भ्रष्टाचार नगर्ने नअटेको नेपाल
मेरो जातको खाल तेरो जातको खाल
यो मदेशको पाल त्यो पहाडको पाल
जसरी पनि छुट्याउने नेताको चाल
नेपाली एउटै हौँ भन्ने नअटेको नेपाल
बन्द आतंक बन्दुकको नाल
संविधान बनेन बिते कैयौँ साल
पद माथि पद भत्ताले मालामाल
विवेकी निष्कलंक नअटेको नेपाल
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर
लस् एन्जेलस्

भाइ
भाइ सारै उचित कविता लाग्यो । तर यसलाइ पद्य कविता भन्न भने मिल्दैन। यो नेपाली साहित्यको अत्यन्तै प्रिय विधा सवाइ लयमा लेखिएको कविता हो । अरु जानकारी चाहिए मसँग सम्पर्क गर्नु है ।