हिर्काए, चुटे, पडकाए गोली हाम्रो देशमा
बौलाही खेले रगतको होली हाम्रो देशमा
सफाया भए नमान्ने जति मान्नेको उही गति
डरले करले बोक्नै पर्छ झोली हाम्रो देशमा
भोट पाउने जिते, नातालाई ताने, भए सरकार
अँझै बाँकी छन् धम्कयाउने टोली हाम्रो देशमा
संविधान लेखने कापी र कलम विदेशी हातमा
अन्यायमै छन् कति, के होला भोलि हाम्रो देशमा
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर
लस् एन्जेलस्
