Skip to content

कविता शृंखला (दुख : ०१)


बाहिरबाट बाहिरी आँखाले हेर्दा फूल
खुशीमा देख्छु / हाँसेको देख्छु
रंगरोशनीमा नाँचेको देख्छु ।
तर फूलभित्र किरा छ ।

‘फलमै किरा हुन्छ’
यो नकारन नमिल्ने सत्य
यो काटन नमिल्ने अकाट्य तथ्य
फूलको दुःख किरा
हास्नु त फूलको नियति न हो
फूलको पीडा किरा
मुस्कुराउनु त निसर्ग स्वभाव न हो ।

फूल हासेन भने
दोस लाग्छ कोपिलालाई
ऊ फक्रिएन भने चोट लाग्छ बोटलाई
फूलको कुरा सापट लिएरभन्दा
फूलको कुरा पैचो लिएर गुन्दा
हाँसिरहेको मान्छे भित्र
नाँचिरहेको मान्छे भित्र
दुःख किरा जस्तो
मन फूलको/हृदय फूलको भित्र भित्र
पत्रदलमा लुक्ने गर्छ
दुःख भुसुनो जस्तो
अन्तर दलको केन्द्र भागमा घुस्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *