Skip to content

कविता शृंखला (दुख : ०६)


जान अन्जानवश
घटना दुर्घटनावश
शरीरका अवयवभरि
लागे विदीर्ण चोटहरू
चोटहरू बिस्तारै बिस्तारै
घाउमा परिणत हुदाँ
पाक्यो गजगजी शरीर
पिप र रगतमा
घाउ निको पार्न
मलमपट्टी गरियो
ओखतीहरू दलियो
बिस्तारै सञ्च भए घाउह
बिस्तारै निको भए चोटहरू
घाउ निको भए पनि
घाउका डोवहरू निको भएनन् ।
चोटहरू निको भए पनि
खतहरू निको भएनन् ।
अन्तत अङ्गअङ्गमा
अंकित भए खतहरू
दःख तिर्ने खतहरूमा
हर्दम खित्खिताउने गर्छ ।
सुखको अनुभूति
क्षणिक हुदोरहेछ ।
त्यसैले सुख चाँडै
स्मृतिपटबाट लोप हुने गर्छ ।
घाउ निको भएर पनि
आजीवन खत निको नभए जस्तो
दुःख पनि भित्रमुटुमा
खत जस्तै खाटा परेर वसिरहन्छ ।
हरेक घाउका खतहरूमा
दुःख हर्दम खित्खिताउने गर्छ ।
दुःख हर्दम खित्खिताउने गर्छ ।

1 thought on “कविता शृंखला (दुख : ०६)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *