Skip to content

कविता शृंखला (दुख : १३)


एउटा सिङ्गो दिन
बितेर जादा
मलाई यस्तो लाग्छ ।

जीवनको हरियो गाछीबाट
एउटा पात पँहेलिएर झर्यो
यसरी पैंतिसवर्षे उमेरमा
वाइस हजार सातसय पचहत्तर पातहरू
पँहेलिएर झरे /झरिसके
दसौं करोड स्वाँसको मालामा
उनीएको जीवन
स्वाँको एक थुँगा चुँडिएर झर्दा
मलाई यस्तो लाग्छ
आयुको सानो टुक्रा
जलेर भस्म खरानी भयो
करोड क्षणहरू मिलेर वनेको
जीवन ढिस्कोमा
एउटा कण उडेर
अन्तरिक्षमा नामेट भयो
यसरी अनर्थमा
मेरो आयु पुछिदै जादा
मृत्यु मजिलको महायात्रामा
शनैः शनैः
पाइलाहरू चल्दा
भित्र कता कता दुःख दुख्ने गर्छ
भित्र कता कता दुःख दुख्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *