Skip to content

कविता शृंखला (दुख : ०७)


जीवनलाई गहिराइमा झरेर
गहिरोसँग नियाल
त्यहाँ मृत्युको छाँया हुन्छ ।
त्याहाँ मृत्युको वास हुन्छ ।
सुखलाई गहिराइमा डुबेर
तहिरोसँग नियाल
त्यहाँ दुःखको छाया छिपेको हुन्छ ।
यसैगरी सफलतामा असफलता
नाममा वद्नाम
यशमा अपयश
फलको सुगन्धमा गोवरदुर्गन्ध
दिनको दिवाकरमा रातको कालिमा
अर्थमा वेअर्थ
हाँसोमा आँसु
उँत्कर्षकोचुलीमा अपकर्षको खाडी
सुन्दरतामा कुरुपता
वसन्तमा पतझर शिशिर
प्रचण्ड रापमा हेमन्ते तुषार
जलकणमा अग्निझिल्का
छिपेको हुन्छ /लुकेको हुन्छ ।
जगतमा द्धन्द्ध छ
जीवनमा द्धन्द्ध छ
त्यसैले हरेक सुखमा म
दःखको कालो छाया देख्छु ।
हरेक दुःखमा म
सुखको सेतो छाया देख्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *