भय दर्शनको मझेरीमा (तस्बीर सहित)

20150831_DeshSubba_News-03


भयवादमा आधारित रण काफ्लेको निबन्ध संग्रह “भय दर्शनको मझेरीमा” हिजो ३० अगस्तका दिन असम भारतको हवाइपुरमा विमोचन भयो ।

रण काफ्लेको भय हिन्दी कविता पछि यो भयवादमा लेखिएको दोस्रो कृति हो । भयवादमै लेखिएको असमीस भाषाको निबन्ध संग्रह “मत्ता हात्ती ताण्डव” र नेपालीको “बिटुङ्गो” निबन्ध संग्रह प्रेसमा छ ।

असम नेपाली साहित्य सभाको हवाइपुर शाखा र हवाइपुर सँगम किर्तन मण्डलीको संयुक्त आयोजनामा यसपटक भाषा दिवस, बलिदान दिवस र नेपाली साहित्य दिवस कार्विआङ्ग जिल्लाको हवाइपुरका आयोजना गरेको थियो ।

आनन्द बरुवा सांस्कृतिक कलाकेन्द्रका अध्यक्ष डा. दिलिप कुमार कलिताले विमोचन गरे । कार्यक्रममा कविता गोष्ठी, साँस्कृतिक कार्यक्रम भएको थियो । असम नेपाली साहित्यको बारेमा सभाका सचिव डा. चिन्तामणि शर्माले जानकारी गराएका थिए ।

कार्यक्रम सभाको अध्यक्ष डम्बर दाहालको अध्यक्षतामा भएको थियो ।

भारतीय स्वतन्त्रता नेपाली सेनानी दुर्गा मल्लको नाममा भारतमा २५ अगस्तलाई बलिदान दिवस मान्दै आएको छ । नेपाली भाषाले भारतको अनुसूची ८मा मान्यता पाएको दिन अगस्त २०लाई भारतमा भाषा दिवसको रुपमा मनाइन्छ ।

कार्यक्रममा गोर्खा डेभलोपमेन्ट काउन्सीलका अध्यक्ष लोकनाथ उपाथ्याय, साहित्यकार ज्ञानबहादुर क्षेत्री, निरु पराजुली, प्राध्यापक भवानी प्रसाद शर्मा लगायत धेरै जनसमुदायको उपस्थिति थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *