Skip to content

पसिनाले देश बनाऊ


धेरै कुरा गर्यौ तिम्ले
अब नयाँ काम गर ।
जनजनका हृदयमा
विश्वासका वीउ छर ।

दीगो संविधान बनाएर
लोकतन्त्रलाई उपहार देऊ ।
ह्रास भएको आफ्नो पुरानो
बाँकी इज्जत अब फिर्ता लेऊ ।

फेरि फेरि ढाँट्यौ भने
इमान–जमान खाग हुन्छ ।
घुमिफिरी आउँछ चुनाव
जमानत पत्तासाफ हुन्छ ।

अरू देश कहाँकहाँ पुगे
उठे, हिँडे र दौडिए ।
विकासका गति छाम्दै
सागर–सागर पौडिए ।

अब पनि भुल्याएर
जनतालाई तिमी
गर्छु राज भन्छौ भने
झर्दै जान्छौ तिमी ।

असिनाले होइन अब
पसिनाले देश बनाऊ ।
फुटाएर हुन्न बाबै !
एकतामा जनता जुटाऊ ।

विश्वग्राम संसारमा
नेपाल त्यस्तो देश बनाऊँ ।
सबै जाति अटाएर
फूलबारी सजाऊँ ।

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *