घरखेत साहूलाई छाडी अरबैमा आएको छु
मरुभूमि मेरो भागमा विरह गीत गाएको छु ।
नानीबाबु भन्न मैले वर्ष दुएक कुर्नु पर्छ
पराईको देशमा मेरो आफ्नै भावी जुर्नु पर्छ ।
साँबाब्याज लगातारै सगरमाथा चढ्दै होलान्
सरसापट, तिरोभरो अक्कासेर बढ्दै होलान् ।
बिदाइमा टीकामाला लगाउँदा भारी जिउकी
विछोडमा कसो गरी दिन काटी बस्छौ होली ?
बिरानो यो खाडी देश जताततै बाफैबाफ छ
आरनको फलाम झैँ हृदयमा तापैताप छ ।
(रचनाः २०६६ बैशाख १)
