Skip to content

रगतले ल्याप्चे लाउँला


रगतले ल्याप्चे लाउँला किन बैरी भाकी तिमी
चाहना सब पूरा गर्छु किन टाढिएकी तिमी ?

मुटु खोली मुटु भेटेँ मैले आज तिमी भित्र
भेटिएको मुटुभित्र साँचेकी’थ्यौ मेरै चित्र ।
हद म्याद सकिसक्यो भन्न अब पाइएन
हृदय नै धरौटी भो अन्त माया लाइएन ।

एक जुनी मात्रै किन हजार जुनी पर्खिराख्छु
गायत्रीको मन्त्रजस्तै तिमीलाई नै भाकीराख्छु ।
तिमीले नि मेरो मुटु खोली हेर्न बाँकी भयो
भन्नेहरू भनिरहून हामीबीच प्राप्ति सबै ताँती भयो ।

(रचनाः २०६६ बैशाख १०)

Leave a Reply

Your email address will not be published. Required fields are marked *